पेशागत महासंघ नेपालको अध्यक्षमाः शर्मा

दैलेख : पेशागत महासंघ नेपाल भैरवीको अध्यक्षमा सुवर्ण शर्मा चयन भएका छन् । महासंघ नेपाल भैरवी गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट शार्मा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
महासंघ नेपाल भैरवी गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट १५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।
यस्तै उपाध्यक्ष खुल्लामा देवेन्द्र बहादुर भण्डारी, महिला उपाध्यक्षमा दिपा गिरी (शाही), सचिवमा बम बहादुर कार्की, सह–सचिवमा केशवप्रसाद अधिकारी, कोषाध्यक्षमा गोमा खड्का (थापा) चयन भएका छन् । यस्तै सदस्यहरुमा दिप प्रसाद जैसी, पदम बहादुर महत्तरा, तेज बहादुर रेग्मी मगर, बिन्दु केसी, छविसरा सुवेदी, लक्ष्मी पाण्डे, पार्वती भण्डारी, लक्ष्मी प्रसाद कंडेल, प्रकाश विसीलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार