एस ईई पुरक परीक्षा आजबाट सुरु भएको छ । दैलेखमा ५ हजार बढी विद्यार्थीहरु पुरक परीक्षामा समावेश हुने भएका छन् । जिल्लाभरका सवै विद्यार्थीहरुलाई जिल्ला सदरमुकाम दैलेख बजारमा केन्द्र बनाएका कारण १० वटै पालिकाका विद्यार्थीहरु दैलेख सदरमुकाम दैलेख बजारमा उपस्थित भएका छन् । विद्यार्थीहरुको चाप अनुसार सोत र चुप्रा लगायत सदरमुकाम दैलेख बजार भित्रका ८ वटा परीक्षा केन्द्र निर्माण गरिएको शिक्षा तथा समन्वय ईकाई दैलेखका प्रमुख तेजबहादुर थापाले जानकारी दिएका छन् । पहिलो दिन ३ हजार ७९ जनाले परीक्षामा भाग लिनेछन् भने दोस्रो दिन २ हजार बढी विद्यार्थीहरुले परीक्षामा सहभागिता जनाउने भएका छन् ।











