पहिरो व्यवस्थापन गर्न श्रमदान

दैलेख : जिल्लाको नारायण नगरपालिका ६ फुलबारीमा गएको पहिरो व्यवस्थापनका लागि श्रमदान गरिने भएको छ । भदौ १० गते शुक्रबार नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा बसेको बैठकले पहिरो व्यवस्थापनका लागि श्रमदान गर्ने निर्णय गरेको हो ।
बैठकले नगरपालिका वडा नं. ६ स्थित फुलबारीमा साउन ९ गते भएको अवीरल वर्षातका कारण दैलेख बजार, नयाँ गाउँ हुदै नौमूले गाउँपालिका ८ चौराठा पुग्ने सडकमा पहिरो जादा सोही समयदेखि आवतजावत पूर्ण रुपमा बन्द भएको हँुदा तत्काल यातायात सुचारु गर्न नागरिकलाई श्रमदान आग्रह गरिएको नगरपालिका वडा नं. ६ का अध्यक्ष जनक न्यौपानेले बताए ।
उनका अनुसार उक्त स्थानमा गएको पहिरो नियन्त्रण प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रयोग भएका औजारलाई उक्त सडकमा प्रयोग गर्नका लागि नगरपालिका वा नं. ६ र ७ का वडा सचिवलाई जिम्मेवारी दिने निर्णय गरिएको बताए ।
यस्तै, बैठकले पहिरो नियन्त्रणका लागि आवश्यक पर्ने ग्याविन जाली प्राविधिक लागत स्टमेटका आधारमा गराइदिन जिल्ला दैवीक प्रकोप उद्धार समितिसँग अनुरोध गर्ने नियण गरेको छ । सडक सञ्चालनका लागि टोजर टिप्परको व्यवस्थापन नगरपालिकाले गर्ने निर्णय भएको वडा अध्यक्ष न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार