दैलेख : शनिवार राति अविरल वर्षातसँगै आएको पहिरोले नौमूले गाउँपालिका वडा नं. ५, ६ र ८ का किसानको धान खेतमा ठूलो क्षति पु¥याएको छ । वर्षात पछि आएको पहिरोले गाउँपालिका–५ का किसानको धान खेतमा ठूलो क्षति गरेको हो ।
गाउँपालिकाका अध्यक्ष छवी सुवेदीका अनुसार पहिरोले गाउँपालिका–५ का किसानको ९० मुरि धान खेतमा पहिरोले ठूलो क्षति पु¥याएको बताए । उनले गाउँपालिका ६ र ८ मा समेत पहिरोले धान खेतमा क्षति पु¥याएको बताए ।
अध्यक्ष सुवेदीले तत्कालका लागि वडाले किसानलाई राहत उपलब्ध गराएको बताए । ‘आइतबार गाउँपालिकाको टोलीले वडा नं.–५ मा पहिरोले धान खेतमा पु¥याएको क्षतिको अवलोकन गरेको छ, त्यहाँ पहिरोले किसानको धान खेतमा ठूलो क्षती पु¥याएको पायौ’, अध्यक्ष सुवेदीले भने ।
उनले पहिरोले गाउँपालिका–५ का ४ वटा घरमा क्षति पु¥याएको बताए । अन्य वडामा समेत पहिरोले क्षति पु¥याएको भन्ने खवर आएको र थप अनुगमन पछि गाउँपालिकाले नागरिकलाई राहत उपलब्ध गराउने बताए ।
अध्यक्ष सुवेदीले वर्षात पछि गाउँपालिका मुकामबाट वडा मुकामसम्म पुग्ने सडहरु समेत अवरुद्ध रहेका बताए । ‘वर्षातका कारण पालिका मुकामबाट वडा मुकामसम्म पुग्ने सडकहरु बर्षातका कारण अवरुद्ध छन्, गाउँपालिकाले ती सडक सञ्चालनका लागि काम अघि बढाउने’, सुवेदीले भने ।










