दैलेख : समाजमा विद्यमान बालविवाह, घरेलु हिंसा, जातीय छुवाछुत लगायतका घटनाहरु बढ्न नदिन घटना भएको खण्डमा कानुनी उपचार खोज्न अभियान सञ्चालन गरिएको छ । अभियान निरन्तर रुपमा सञ्चालन भईरहेको महिला सशक्तिकरण मञ्च दैलेखले जानकारी दिएको छ ।
दैलेखको गुराँस गाउँपालिकामा यस्तो अभियान निरन्तर सञ्चालनमा भईरहेको छ । ज्ञानप्रसार अभिमुखीकरण कार्यक्रम अन्तर्गत बढ्दो बालविवाह, घरेलु हिंसा रोक्ने बारेमा छलफल र बहस भएको छ । युएनडिपि र महिला सशक्तिकरण मञ्चको साझेदारीमा सञ्चालित संस्थागत सुधारमा मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजना अन्तर्गत ज्ञान प्रसार कार्यक्रम सञ्चालन भइरहेको महिला शसक्तिकरण मञ्चकी अध्यक्ष सुनिता चन्दले जानकारी दिएकी छन् ।
अध्यक्ष सुनिता चन्दले यस्ता घटना बढ््नुुको मुुख्य कारण अशिक्षा, बेरोजगारी, लागुुपर्दाथ सेवन रहेकोले यसको समाधानका लागि स्थानीय सरकार र आम नागरिकसँग मिलेर काम गरिरहेको बताएकी छन् ।
गुराँस गाउपालिकाका वडा नं. ५ का वडा अध्यक्ष, गाउँपालिकाका कार्यपालिका सदस्य, स्थानीय समुदायका ६२ जना सहभागिलाई अभिमुखिकरण सञ्चालन गरिएको महिला सशक्तिकरण मञ्चका कार्यक्रम निर्देशक लक्ष्मी जिसीले बताएकी छन् ।
समाजमा हुने बालविवाह, घरेलु हिंसा, जातिय छुवाछुतको बारेमा भएका समाधान समाधानमा भएका प्रगतिहरुको अनुगमनका लागि कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव बिरेन्द्र के.सी सहितको टोलिले अनुगमन समेत सम्पन्न गरेको छ । सहजीकरण कानुनी भोलेन्टीयर विष्णु बहादुर विकले गरेका थिए ।











