समाज निर्माणमा सबै एक हौँ ः नगर प्रमुख

दैलेख : दैलेखको आठविस नगरपालिकाका प्रमुख तर्कबहादुर बडूवालले सभ्य समाज निर्माणमा सबै एक हुनुपर्ने बताएका छन् । स्थानीय सरकारलाई बालबालिका प्रति जबाफदेही बनाउने उद्देश्यले आठविस बाल क्लबले शनिवार आयोजना गरेको बालबालिकासँग नगरप्रमुख कार्यक्रममा बाल्दै बडूवालले यस्तो बताएका हुन् ।
उनले सभ्य समाज निर्माण हुन नसकेको चिन्ता व्यक्त गर्दै पुराना दिन भन्दा समाज सुधारमा केही परिवर्तन आएको बताए । सोचे अनुसारका कार्यहरू समाजमा पुरा हुन नसकेका होलान तर हुँदै भएन भनेर भन्न नमिल्ने बडूवालको भनाई छ ।
नगर प्रमुख बडूवालले समाजमा हुने घटना परिघटनाहरू समाजमा रहने सबैले चासोका साथ नियाल्नु पर्ने बताए । समाजको प्रभावकारी र सन्तुलित विकास हुनलाई नागरिकमा सामाजिक चेतनाको विकास हुनुपर्ने बताउँदै नगर प्रमुख बडूवालले स्थानीय सरकार सभ्य समाज निर्माणका लागि सबैसँग हातेमालो गर्दै अघि बढेको बताए ।
बालबालिका सभ्य समाज निर्माणका पिलर भएकाले समाजमा हुने कुरीति कुसंस्कार अन्त्यमा उनिहरुले चासो राख्नुपर्ने बताए ।
विगतका दिनहरू भन्दा समाजमा भौतिक विकासले फड्को मारेको छ, शिक्षा क्षेत्रमा उल्लेख्य परिवर्तन भएको छ, भौतिक विकास भएका छन्, राज्यले धेरै लगानी गरेका क्षेत्रमा हुनुपर्ने जति विकासको काम नभएको विषयमा स्वयं जनताले खवरदारी गर्नुपर्ने बडूवालको भनाई छ ।
शिक्षण पेसा समाजको ऐना भएकाले खस्कदै गएको शैक्षीक सुधारका लागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकहरुको सक्रियता हुनुपर्ने र राम्रो कामका लागि स्थानीय सरकार सँधै हातेमालोका लागि तयार रहने बताए ।
बालबालिकासँग नगरप्रमुख कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमीकमजोरी सच्याउँदै आगामी दिनमा शिक्षा, स्वास्थ्य, रोजगारी लगाएका क्षेत्रमा सुधार गर्नुपर्नेमा सुझाव दिए ।
नगर प्रमुख बडूवालले फाइदाका लागि गलत कार्य गर्न नहुने बताउँदै सिंहदरबारको अधिकार गाउमा आएको भए पनि दूरदराजका नागरिक भन्दा अझै टाठाबाटले उत्त अधिकारको उपभोग गर्दै आएको बताए ।
शिक्षक नियुक्तिमा राजनीतिक चलखेल बन्द गर्नका लागि निश्पक्ष परिक्षा प्रर्णालीको सुरुवात गरिएको, सिस्टमका आधारमा सबैले अवसर पाउने विषयमा आफु निरन्तर लागि रहेको बताए ।
फरक प्रसङ्गमा नगरप्रमुख बडूवालले भौतिक विकासका नाममा निर्माण हुने सहरी करणका कारण उब्जनी योग्य जमिन मासिँदै जाने प्रति चिन्ता व्यक्त गरे ।
छाउपडी प्रथा अन्त्यका लागि समाजमा रहेका ब्यत्तिहरु एक हुनुपर्ने बताउँदै नगर प्रमुख वडूवालले समाजमा रहेका कुसंस्कार हटाउनु सबैको दायित्व भएको बताए ।
पालिकामा निर्माण गरिएका भौतिक संरचनाको संरक्षण गर्न युवाहरूले भूमिका खेल्नुपर्ने बताए । नगरपालिकाले पहुँच बाहिर रहेका , अभिभावक गुमाएका विद्यार्थीहरुलाई निशुल्क पठन पाठनको व्यवस्था गर्ने, विद्यालयमा सेनिटरी प्याडको पूर्ण व्यवस्थापन गर्ने, नगरपालिकामा गुनासो पेटीका राखेर प्रभावकारी काम गर्ने,दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउने बताएका छन् । बाल सञ्जालका विद्यार्थीहरुले नगरपालिकाले बालबालिकासँग प्रभावकारी समन्वय गर्दै काम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार