अखाद्य वस्तु विक्री गरेको पाइएमा कारबाही

दैलेख: उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले बजारमा म्याद गुज्रेका अखाद्य समानहरू किक्री÷ वितरण गरेको पाइएको कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार महाबु गाउँपालिकाको गैडावाज बजार लगायत अन्य साना बजारको अनुगमन गर्दै उपभोक्ता ठगी गरी अखाद्य वस्तु बिक्री÷वितरण गरेको पाइएमा व्यापारीहरूलाई कानुन अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको हो । बजार अनुगमनका क्रममा विभिन्न पसलहरूबाट म्याद गुज्रेका अखाद्य वस्तुहरूको बरामद गर्दै आगामी दिनमा हुने अनुगमनका क्रममा यस्ता अखाद्य वस्तु्हरुको बिक्री वितरण गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार व्यापारीहरूलाई कारबाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका नायब सुब्बा रुद्र बहादुर भण्डारीले बताए ।
बजार अनुगमन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले उपभोक्ता संरक्षण ऐन विपरीत कुनै पनि व्यापारीले कार्य गरी उपभक्तालाई ठगी गर्दै म्याद गुज्रेका अखाद्य वस्तु बिक्री गर्न नपाइने बताए ।

महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जु कुमारी पाण्डेले उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्दै बजारमा अखाद्य वस्तु विक्री÷वितरण बन्द गर्नुपर्ने बताइन् । ‘हामी सबैको चाहना सुन्दर र स्वच्छ महाबुको निर्माण गर्ने हो, महाबुको आर्थिक विकासका लागि निरोगी, स्वच्छ नागरिक हुनुपर्दछ छ’, उपाध्यक्ष पाण्डेले भनिन् । अनुगमनका क्रममा व्यापारीहरूले मूल्य सूची नराखेका, दर्ता नगरी व्यापार सञ्चालन गरेकाले यथाशिग्र नियम अनुसार व्यापार दर्ता गर्न अनुगमन टोलीले निर्देशन दिइएको छ । टोलीले खाद्य वस्तुमा कालोबजारी र मूल्य वृद्धि नगरी बिक्री वितरण गर्न व्यापारीलाई निर्देशन समेत दिइएको छ ।


अनुगमनका क्रममा सरकारी संस्थामा कार्यरत स्वास्थ्य कर्मीले अवैध मेडिकल सञ्चालन गरेको समेत पाइएको छ । महाबु–१ खरिगैरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीले नियम विपरीत मेडिकल सञ्चालन गरेको पाइएको हो । नियम विपरीत सञ्चालनमा रहेका मेडिकललाई तत्काल प्रशासनमा कागजपत्र बुझाउन प्रमुख प्रशासकीय थापाले निर्देशन दिए ।
बजार अनुगमनका क्रममा २२ लिटर अवैध घरेलु मदिरा, १० पोका चाउचाउ, २ प्याकेट खुर्सानी र ३ प्याकेट बेसार बरामद गरी नष्ट गरिएको छ । पहिलो चरणमा सचेतनासँगै बजार अनुगमन गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण संरक्षण कार्यालय दैलेखले आगामी दिनमा यस्ता अखाद्य वस्तु फेला पारेमा नियम अनुसार कारबाही गरिने व्यापारिहरुलाई भनेको छ ।


अनुगमनका क्रममा व्यापारिहरुले यस्ता कार्यमा सम्बन्धीत निकाया अझै चनाखो हुनुपर्ने बताए । उनिहरुले नियम अनुसार दर्ता व्यापार भन्दा पनि अन्यले मनलाग्दी सामानको विक्रि गर्ने गरेकाले समस्या हुने गरेको गुनासो गरेका थिए । सबैलाई करको दायरामा ल्याइनु पर्ने व्यापारिको माग रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार