आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट

दैलेख: दैलेखको नारायण नगरपालिकाका सम्पूर्ण आधारभूत विद्यालयहरुमा निःशुल्क इन्टरनेट सवे विस्तार गरिने भएको छ । नगरपालिका भित्रका १ देखि ८ सम्मका आधारभूत विद्यालयहरूमा निःशुल्क इन्टरनेट सेवा विपस्तार गरिने भएको हो ।
नगरपालिका भित्रका सम्पूर्ण आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट सेवा विस्तारका लागि सांग्रिला इन्फरमेटिक कम्पनी र नारायण गरपालिका बीच सम्झौता गरिएको नगरपालिकाका प्रवक्ता जनक प्रसाद न्यौपानेले बताए ।
सांग्रिला इन्फरमेटिक कम्पनीका अधिकारी र नगरपालिका बीच भएको सम्झाता अनुसार सम्पूर्ण विद्यालउहरुमा केहिदिन भित्र इन्टरनेट सेवा विस्तारको कामलाई अघि बढाइने प्रवक्ता न्यौपानेले बताए । नारायण नगरपालिकामा १ देखि ८ सम्मका विद्यालयको संख्या ३० वटा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार