दैलेख ः एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल जिल्ला कार्य समिति, दैलेखको अध्यक्षमा शंकर थापा निर्वाचित भएका छन् ।
दैलेखमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा सहित २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । प्रतिनिधि सभा सदस्य एवं एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमर बहादुर थापा, जिल्ला अध्यक्ष बरुनाथ योगी लगायतले शुभकामना राखेका छन् ।











