अनेमसंघको जिल्ला अधिवेशन सुरु

दैलेख : अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन सुरु भएको छ । दैलेखका ११ वटै पालिकाबाट चुनिएर आएका प्रतिनिधिहरुको उपस्थितीमा अधिवेशन उद्घाटन भएको हो । बाजागाजा सहित स्थानीय गणेशचौकबाट ¥याली सहित बजार परिक्रमा पश्चात स्थानीय जिल्ला समन्वय समितिको हलमा अधिवेशन उद्घाटन गरिएको हो ।

अधिवेशनको उद्घाटन गर्दै अनेमसंघ केन्द्रीय सचिवालय सदस्य, कर्णाली प्रदेश ईन्चार्ज एवं राष्ट्रिय सभा सदस्य सुस्मिता बि.सी.ले महिला अधिकारको सवाललाई संविधानमा उल्लेख गर्नका लागि महिलाहरुले गरेको बलिदानको प्रंशासा गरेकी छन् । कानुनी रुपमा अधिकार प्राप्त गरेसँगै अव अधिकार प्रयोगलाई थप प्रभावकारी बनाउन महिलाहरुनै गाउँ गाउँदेखि सशक्त हुनुपर्ने बताएकी बि.सी.को भनाई छ । घरको चुलोचौकोमा मात्र सिमित राख्ने प्रचलनलाई महिलाहरु आफैले व्यवस्थापन गर्दै नेतृत्व लिने सवालमा कानुनी लडाईमा वर्तमान राष्ट्रपति विद्यादेखि भण्डारी लगायत अखिल नेपाल महिला संघले विगतमा गरेको अधिकारको लडाईले केही मात्रामा सार्थकता पाएको र यसको प्रभावकारी कार्यान्वयन गराउन महिलाहरुनै थप सशक्त हुनुपर्ने सुझाव दिएकी छन् ।

अधिकार प्राप्ति सँगै व्यवहारिक कार्यान्वयन सँगै महिलाहरुले हरेक वडामा आर्थिक उपार्जनका कामहरुलाई प्रभावकारी रुपमा विकास गर्दै नेतृत्व विकासमा आफुलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएकी छन् ।
अधिवेशन उद्घाटनका लागि अनेमसंघका केन्द्रीय सचिवलाय सदस्य लक्ष्मीदेवी शाह, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य बलबहादुर महत, प्रदेश सभा सदस्य गोमता बि.क. नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्मा लगायतले शुभकामना व्यक्त गरेका छन् ।

साँझसम्म बन्दशर्त समापन पश्चात नेतृत्व चयनका लागि तयारी भएको नेकपा एमाले दैलेखका प्रचार बिभाग प्रमुख गंगाराम दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार