महिला उद्यम विकास तालिम सञ्चालन

दैलेख : दैलेखको नारायण नगरपालिकामा महिला उद्यमीहरूका लागि तीन दिने महिला उद्यमशीलता सहजीकरण सम्बन्धी तालिम शुरु गरिएको छ । व्यवसाय गर्दै आएका, व्यवसाय गर्न इच्छुक र व्यवसाय गर्न छोडेका महिलाहरूका लागि तीन दिने तालिम सोमबारदेखि सञ्चालन गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नारायण नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा महिला उद्यमीहरूका लागि तीन दिने सहजीकरण तालिमको आयोजना गरिएको नगरपालिका महिला तथा बालबालिका शाखामा कार्यरत गीता बुढाले बताइन् ।

उनले पहिलो चरणमा सञ्चालन भएको तीन दिने महिला उद्यमशीलता सहजीकरण तालिममा ४६ जना महिलाहरूको सहभागिता रहेको बताइन् । ‘पहिलो चरणको तालिममा नारायण नगरपालिका वडा नम्बर ८ का ४६ जना महिलाको सहभागिता छ, वडा स्तरबाट छनौट भएका ४६ जनालाई तालिममा सहभागी गराइएको हो’, बुढाले भनिन् ।

तीन दिने महिला उद्यमशीलता सहजीकरण तालिमको उद्घाटन गर्दै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले महिलाहरूलाई उद्यमशीलतामा जोड्न यस्ता खाले तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विभिन्न तालिमहरूबाट सिकेका सिपहरूलाई व्यवहारमा लागू गर्दै महिलाहरू उद्यमी बन्नुपर्ने बताए ।

नगरपालिका उपप्रमुख तप्ता कुमारी थापाले रोजगारीको शिलशिलामा बाहिरी मुलुक रोज्नु भन्दा पनि आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्न उद्यमशील भएर लाग्नुपर्नेमा जोड दिइन् । उनले नारायण नगरपालिकाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएकोे बताइन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार