दैलेख : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेम कटुवालले पार्टी जनजीविकाका सवालहरुलाई वकालत र पैरबी गर्दै आएकोले दैलेखमा माओवादी केन्द्रप्रति आकर्षण बढेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको नारायण नगर स्तरीय दोश्रो नगरभेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कटुवालले विगत देखि नै माओवादी केन्द्रले जनजीविकाका सवाल उठाउदै आएकाले दैलेखमा माओवादी केन्द्र प्रति जनआकर्षण बढ्दै आएको बताएका हुन् ।
कार्यक्रममा नेकपा माओवादीका प्रस्तावित केन्द्रीय सदस्य टेकबहादुर खाणले कार्यकर्तालाई कम्युनिस्ट नीति र विचार निर्माण गर्न अध्ययन जरुरी हुने र हरेक विषयको द्वन्द्वात्मक तरिकाले विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
नारायण नगर कमिटी अध्यग अजीत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य भेषराज थापा, जिल्ला संयोजक गोपाल रिजाल लगायतका नेताहरुले बोलेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।











