दैलेख : दैलेखमा रहेका विभिन्न विद्यालयका विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गरिएको छ । नारायण नगरपालिका–११, मा रहेको रैनादेवी आधारभूत विद्यालय काँडा, रैनादेवी माध्यामिक विद्यालय टाटामाखु र बडाभैरव आधारभूत विद्यालय जुफियामा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । तीन वटा विद्यालयका ३ जना विद्यार्थीलाई ५ हजार नगद सहित शैक्षिक सामग्री सहयोग प्रदान गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित आर्थिक सहयोग गरिएको समाजसेवी नन्दबहादुर बिष्टले बताए । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण समस्यामा परेका विद्यार्थीहरुलाई आर्थिकसहित शैक्षिक सामग्रीले पठन पाठनमा सहज बनाउने छ ।’
आर्थिक रुपमा विपन्न विद्यार्थीलाई सहयोग भएको रैनादेवी आधारभूत विद्यालय प्रधानाध्यापक मान बहादुर कटुवालले वताए । यसरी नगद शैक्षिक सहयोग गर्नाले विद्यार्थीको समस्या समाधान हुने कटुवालको भनाई छ ।











