स्वास्थ्य केन्द्रमा आगजनी

दैलेख ः
दैलेखको दुल्लू नगरपालिका–७ बाहुनगाउँस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आगजनी भएको छ । शनिबार राति स्वास्थ्य केन्द्रमा आगजनी भएको र राति नै आगो निभिसकेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगजनी भएको बताए ।
उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक डांगीले जानकारी दिए । कसले के कारणले आगजनी ग¥यो भन्नेबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक डांगीले बताए । स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले औषधि, बर्थिङ सेन्टरका औषधि उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको बताइन् । उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो । ‘स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड भइरहन्थ्यो, हामीले संरक्षण गर्ने प्रयास गरिरहेका थियौं, यो पटक त आगजनी नै भयो,कसले र किन आगजनी ग¥योयो भन्ने थाहा छैन्,’ उनले भनिन् ।
आगजनीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ । स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको छ, मुख्य स्टोरबाट निकालेर प्रयोग गर्नका लागि औषधी उपकरणहरु राख्ने गरेको कोठामा (मिनी स्टोर) आगजनी भएको छ, ढोका र झ्याल पनि जलेको छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार