नौमूलेमा वडाअध्यक्षको रजाइँ गाउँपालिकामा नपस्ने उपाध्यक्षको घोषणा नियम विपरीत वडा अध्यक्षलाई कार्यवाहक


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उपाध्यक्षले न्यायिक समितिको संयोजक भई कार्य गर्ने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने लगायतका जिम्मेवारी उल्लेख गरिएको छ ।

दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले स्थानीय सरकार सञ्चालन ऐन, विपरीत वडा अध्यक्षलाई कार्यवाहक दिएको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा उपाध्यक्षलाई निजको कार्यवाहक सम्हाल्न पाउने कानूनी अधिकार उल्लेख गरिएको छ ।
अध्यक्ष सुवेदीले उपाध्यक्ष गाउँपालिकामा हुँदा÷हुँदै गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण बहादुर सलामीलाई स्थानीय सरकार सञ्चालन ऐन, विपरीत कार्यवाहक गाउँपालिका अध्यक्ष दिएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख गरिए अनुसार उपाध्यक्षले न्यायिक समितिको संयोजक भई कार्य गर्ने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाहीले वडा अध्यक्षलाई कार्यवाहक दिनु स्थानीय सरकार सञ्चालन ऐन, विपरित रहेको बताए ।
गाउ“पालिकामा नपस्ने
उपाध्यक्षको घोषणा
“म गाउँपालिकामै थिएँ । अध्यक्षले कार्यवाहक वडा अध्यक्षलाई दिनुभएछ । यो कानुनको पालना नगरेको विषय हो । अध्यक्षको कार्यकक्षमा कार्यवहाक अध्यक्षले बैठक चलाईरहनु भएको रहेछ, उपाध्यक्ष पालिका पुगेपछि स्वत कार्यवहाकको पद समाप्त हुन्छ । मैले म आईपुगेँ भनेर कार्यवहाक वडा अध्यक्षलाई भने उहाँले पत्र देखाउनु भयो । मैले वडा अध्यक्ष कार्यवहाक हुने बेला सम्म गाउँपालिका नजाने निर्णय गरेको छु । पालिकामा वडाअध्यक्षको रजाइँ चलेको हेर्न मन लागेन ।”
“अध्यक्ष ज्यू बिरामी भएर बाहिर जाने कुरा जानकारीमा थियो, मलाई फोन आएन । तर वडा अध्यक्षलाई जिम्मेवारी दिइएछ”, उपाध्यक्ष शाहीले भने ।
उनले आफू नौमूलेका विभिन्न स्थानमा विद्युतिकरणको काममा खटिएको बताए । “म जनताको काममा लागेको छु, अध्यक्षले नियम विपरीत काम गर्नुभयो”, उनले भने ।
उपाध्यक्ष शाहीले गाउँपालिका अध्यक्ष कानूनको विद्यार्थी भएको र उहाँबाट कानूनको पालना नहुनु राम्रो नभएको बताए । उनले आफूले वडा अध्यक्षको मातहतमा बसेर कुनै पनि काम नगर्ने बताए । उनले वडा अध्यक्ष गाउँपालिकामा कार्यवाहक रहने समयसम्म आफू गाउँपालिकामा उपस्थित नहुने समेत दोहो¥याएका छन् ।
गाउँपालिका कर्मचारी स्रोतले समेत वडा अध्यक्षलाई कार्यवाहक दिनु नियम सङ्गत नभएको बताउँछ । नाम उल्लेख नगर्ने सत्रमा एक कर्मचारीले भने, “उपाध्यक्ष हुँदा÷हुँदै वडा अध्यक्षलाई कार्यवाहक दिनु नियम सङ्गत होइन, वडा अध्यक्षको निर्देशन मानेर गाउँपालिकामा दैनिक काम गर्न समस्या छ ।”
यता गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले अर्को व्यवस्था नभए सम्मका लागि वडा अध्यक्षलाई कार्यवाहक दिएको बताए । उनले उपाध्यक्ष गाउँपालिकामा नरहेकाले आफूले वडा अध्यक्षलाई गाउँपालिका अध्यक्षको कार्यवाहकको जिम्मेवारी दिएको बताए ।
“उपाध्यक्ष ज्यू घर वा बाहिर जानु भएको थियो, आफू उपचार लगायत गाउँपालिकाको काममा काठमाडौँ जानुपर्ने भयो, वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर आए, एने, मा उल्लेख भए अनुसार उपाध्यक्ष गाउँपालिका आउँदा उहाँ नै कार्यवाहक हुने व्यवस्था छ”, अध्यक्ष सुवेदीले भने ।
नौमूले गाउँपालिकाका बेला–बेला राजनीतिक कारण देखाउँदै विवाद हुने गरेको छ । जनताका समस्या समाधान संघीयताको मर्म अनुसार सञ्चालनमा आएका स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिले आफ्नो स्वार्थ सिद्ध हुने काममा अग्रसर हुँदै गएका देखिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार