दैलेखः महिनावारी हुँदा पर होइन घर भन्ने मूल नाराका साथ पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विभिन्न सन्देश मूलक कार्यक्रम गरी सम्पन्न गरिएको छ । सन २०१९ डिसेम्बर ८ तारीकबाट यस दिवसलाई विश्वभर मनाउन थालिएको छ ।
सवैका लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना कर्णाली प्रदेशका १० वटा जिल्लाका २१ पालिकामा शुक्रवार एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो ।
यौन हिंसा र बालविवाह अन्त्यका लागी मर्यादित महिनावारी पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवरसरमा कर्णाली प्रदेश १० वटा जिल्लाका सुस्वा आयोजनामा कार्यरत कर्मचारीहरू सहभागी भएका थिए । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।
कर्णाली प्रदेशमा छाउपडी प्रथा अझै पनि समाजमा जगडिर बसेको छ, छाउपडी प्रथाकै कारण महिलाहरू ५ देखी ७ सम्म घर देखी बाहिर बस्नु पर्ने बाध्यता छ, महिनावारी भएको समयमा छाउ बार्न धेरै स्थानमा पोसिलो खाना खान नदिने घर नजिक आउन नदिने घर परिवारसँगै टाढै सानो गोठमा बस्नु पर्ने बाध्यता अजै पनि ग्रामीण क्षेत्रका महिलाहरूले कष्टकर जीवन जिउन बाध्यता छ ।
कर्णाली प्रदेशमा छाउपडीको कुप्रथा रोक्न स्थानीय सरकार दातृ निकाय तथा सरोकारहरूले पछिल्लो दिन सन्देश मूलक तथा तालिम क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
सुस्वा आयोजनाले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसर पारी कालिकोटको पलाता गाउँपालिका सुस्वा आयोजनाको सहयोगमा छाउपडी सम्बन्धी सचेतना मूलक म्युजिक भिडियो सार्वजनिक गरीयको थियो ।









