दैलेखः जिल्ला कारागार दैलेखमा रहेका कैदी बन्दीलाई ६४ थान जीवन उपयोगी किताब हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा किताब हस्तान्तरण गरिएको हो ।
दैलेखमा रहेका कैदी बन्दीहरूको लागि समसामयिक विषयका जीवन उपयोगी किताबहरू वितरण गरिएको प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिएका छन् । कारागार कार्यालयमा कार्यरत जेलर जीत बहादुर खत्रीको रोहवरमा किताब हस्तान्तरण गरिएको हो ।











