भूकम्प प्रभावित छोरीहरु पढाउ“दै ज्योति फाउण्डेसन

सुर्खेतः जाजरकोट र रुकुमपश्चिमा भूकम्पबाट प्रभवित छोरीहरूलाई श्री ज्योति फाउण्डेसनले पढाउँने भएको छ । सुर्खेतमा स्थापना भएको फाउण्डेसनले भूकम्पबाट प्रभावित छोरीहरूलाई पढ्न सहयोग गर्नका लागि रकम समेत संकलन गरेको हो ।

केही समय अघि मात्रै स्थापना भएको फाउण्डेसनले भूकम्पमा परी आमाबुवा गुमाएका विपन्न र अति विपन्न परिवारका छोरीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको फाउण्डेसनका अध्यक्ष ज्योति कटुलालले जानकारी दिइन् ।
उनकाअनुसार तत्कालका लागि २० जना छोरीहरूको शिक्षामा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गरेर छात्रवृत्तिमा पढाउँन थालिएको छ । यस्तै, भूकम्पबाट प्रभावित अति विपन्न परिवारका छोरीहरूको एकदेखि दस कक्षासम्म सामुदायिक विद्यालयमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेसनले व्यहोर्ने उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘परिवारको आर्थिक अवस्थाका कारण पढ्न नपाएको छोरीहरूको पढाइमा सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरेका हौं, यही बेलामा भूकम्पले जाजरकोट र रुकुमपश्चिका नागरिकहरूलाई प्रभावित बनाएको छ । अहिले भूकम्प प्रभावित जिल्लाहरूका आमाबुवा गुमाएका अतिविपन्न परिवारका छोरीहरूलाई शिक्षामा सहयोग गरेर हाम्रो उद्देश्य कार्यान्वयनको सुरूआत गर्दैछौं ।’

अध्यक्ष कटुलालका अनुसार भूकम्प प्रभावित स्थानीय तहहरूको सिफारिसका आधारमा छोरीहरूलाई फाउण्डेसनले पढाउने पढाउँने छ । यस्तै, भूकम्प प्रभावित क्षेत्रका छोरीहरूका लागि पढाउँने उद्देश्यका साथ फाउण्डेसनले मंसिर १५ गते सुर्खेतमा सांगीतिक साँझ गरेको थियो । उक्त सांगीतिक साँझबाट संकलन भएको रकम बैंकमा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याजबाट छोरीहरूको शिक्षामा सहयोग गर्ने कटुवालले बताइन् ।

उनका अनुसार स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरूको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ । सांगीतिक साँझबाट फाउण्डेसनले २२ लाख ७५ हजार ४९७ रुपैयाँ संकलन गरेको थियो । जसमध्ये ९ लाख ६१ हजार ३४ रुपैयाँ सांगीतिक साँझमा खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार