लेखा व्यवस्थापन तालिम

दैलेखः यहाँको महाबु गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखा सहायक कर्मचारीहरूका लागि दुई दिने लेखा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको छ ।

विद्यालयमा देखिने लेखा व्यवस्थापनको समस्यालाई मध्यनजर गरी गाउँपालिकाले बिहीबारदेखि दुई दिने लेखा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको हो । लेखा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिममा गाउँपालिकामा सञ्चालनमा रहेका ३५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक सँगै आठ वटा माध्यमिक विद्यालयका लेखा सहायक कर्मचारीहरूको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए ।

दुई दिने तालिममा सहभागी प्रधानाध्यापक र लेखा सहायकहरूले विद्यालयमा लेखा व्यवस्थापन, खरिद व्यवस्थापन, अभिलेख व्यवस्थापन र गाउँपालिकाबाट विद्यालयमा जाने आर्थिक स्थितिको खर्च मापदण्ड लगायतका अन्य लेखा व्यवस्थापन सम्बन्धीका कुराहरू सिक्न पाउने उपाध्यायको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार