४० जनाको आँखाको अप्रेसन

दैलेख ः दैलेखमै निःशुल्क आँखा शिविर सुरु भएपछि दोस्रो पटक ४० जनाले निःशुल्क आँखाको अप्रेसन गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख सामुदायिक आँखा शल्यक्रिया सेन्टर नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा नेत्र रोग बिशेषज्ञ डाक्टर आकाँक्षा रानाले ४० जना बिरामीको अपरेसन गरेकी छन् ।

ज्येष्ठ नागरिक ८७ बर्से दलबहादुर मगरले आँखाको अप्रेसन दैलेखमा भएकोमा खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद दिएका छन् । ३५ बर्से पदमा विकले रकम अभावले बाहिर जिल्ला जान नसकेको बताउँदै दैलेखमै शिविर आएपछि आफूजस्ता धेरै विपन्न नागरिकहरूले निकै ठुलो राहत महसुस गरेको बताएका छन् ।

गत फागुनबाट निःशुल्क अप्रेसन जिल्ला सुरु भएको र हरेक महिनामा अभियान निरन्तर सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति नीराजन खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार