भैरवीमा आरोग्य सेवा केन्द्र

दैलेखः दैलेखको भैरवी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारण नागरिकलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले भैरवी गाउँपालिकामा नागरिक अ ारोग्य सेवा केन्द्र स्थापना गरेको हो ।

नागरिकलाई सहज आयुर्वेद स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले भैरवी गाउँपालिकाको डाँडिमाँडी बजारमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महतोले बताए ।

उनका अनुसार यहाँका तीनवटा स्थानीय तह नारायण नगरपालिका, नौमूले गाउँपालिका र दुल्लु नगरपालिकामा आयुर्वेदले पहिलेदेखि नै सेवा दिँदै आएको छ । अन्य आठ वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको उनले बताए ।

नागरिक आरोग्य सेवा केन्द्र मार्फत नागरिकले आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधबर्धक औषधि वितरण लगायतका सेवा उपलब्ध गराइने जिल्ला निमित्त कार्यालय प्रमुख महतोले बताए ।

‘हामीले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै यहाँका सात वटा स्थानीय तहमा यस अघि नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सकेका छौँ । भैरवीमा बिहीबार आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुन्छ,’ महतोले भने ।

आयुर्वेद स्वास्थ्य निर्देशनालयका प्रमुख डा शंकर रिजालको अध्यक्षतामा नागरिक आरोग्य केन्द्र स्थापना कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशव बहादुर शाही र गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले नागरिक आरोग्य केन्द्रको प्रभावकारिताका लागि सबैले सहयोग र समन्वय गर्नुपर्ने बताए ।

नागरिक आरोग्य केन्द्र स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अबका दिनमा नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा लिन सहज हुने भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले बताए । नागरिक आरोग्य सेवा केन्द्रबाट यही आर्थिक वर्षको असारसम्म एक जना कविराज र सहयोगी सहित दुई जनाले सेवा दिने छन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार