दैलेख : नारायण नगरपालिका वडा नं. ४ दैलेख सोत पीपल डाँडाकी ३५ बर्से निर्मला गुरुङ विगत २२ महिनादेखि बेपत्ता भएकी छन् । नेपालगन्ज धम्बोजीमा बस्दै गरेकी उनी बेपत्ता भएको थाहा पाएपछि उनका साइँलो भाइ रमेश कठायतले ६ महिनापछि खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय दैलेख र धम्बोजीमा निवेदन दिएका थिए । उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।
सुर्खेतका देवनसिंह गुरुङसँग विवाह गरेकी निर्मलाको एउटा छोरा छन् । पूर्व आर्मी रहेका उनका श्रीमान् सुर्खेत छन् । हराएको खबर पाएपछि देवसिंहले पनि सुर्खेत प्रहरीमा खोजी गरिदिन निवेदन दिएका थिए । श्रीमानको सल्लाहमा उनी धम्बोजीमा बस्दै आएकी थिइन, धम्बोजीबाट हराएको भन्ने खबर पाएको तर अहिलेसम्म फेला नपरेको परिवारको गुनासो छ ।
कोरोनाको सङ्क्रमण सँगै दिदिलाई सामान्य मानसिक समस्या थियो, ऋण लागेकोले काम गर्न बैगलोर जान्छु भनेको कुरा कान्छी दिदीले आफूलाई भनेको कान्छो भाइ रमेश कठायतले जानकारी दिएका छन् । दिदी बैगलोर हुनुहुन्छ कि भनेर आफू बैगलोर पुगेर समेत खोजी गरेको तर कतै पनि नभेटिएपछि सञ्चारमाध्यम मार्फत दिदीको खोजी हुन्छ कि भन्ने आसले आफू सञ्चार माध्यममा आएको रमेशको भनाई छ । कहीँ कसैले फेला पारेको खण्डमा नजिकको प्रहरी कार्यालय वा ९८२२४५११६१ मा खबर गरिदिन पीडित परिवारले आग्रह गरेको छ ।









