युवालाई कृषिमा आकर्षण अभियान

नौमूले : दैलेखको नौमूले गाउँपालिकामा युवाहरूलाई कृषिमा आकर्षण बढाउने अभियान थालिएको छ । नौमूले गाउँपालिका वडा नं. ६ साटार जुन स्थान उत्पादनका हिसाबले निकै महत्वपूर्ण मानिन्छ उक्त स्थानमा युवाहरूलाई मौसमी बेमौसमी तरकारी उत्पादनका सबै विधिहरूको फिल्ड स्तरमै तालिम प्रदान गरिएको छ ।

गाउँपालिका र ग्रेप परियोजनाको साझेदारीमा सञ्चालन गरिएको युवालाई कृषिमा आकर्षण गराउने अभियानले प्रभावकारी काम गरेको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिएका छन् । अहिले नौमूले गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले कृषि आधुनिकीकरण अभियानमा युवा जनशक्ति भन्ने नारालाई आत्मसाथ गर्दै ५० जना युवाहरूलाई तालिम प्रशिक्षण लगायतका कामहरू गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार