काठमाडौँ ः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा अबको एक साताभित्र प्रकाशित गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिले यसका लागि तयारी भइरहेको जनाएको छ ।
यसअघि नै बोर्डले असार दोस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप–नियन्त्रक भक्त गोदारले अबको एक साताभित्र नतिजा प्रकाशन गरिने जानकारी दिए ।
उनले भने, ‘एक साताभित्र नतिजा प्रकाशन गर्नेगरि तयारी गरेका छौँ, केही समस्या नभए एक साताभित्र नतिजा प्रकाशन हुन्छ ।’ परीक्षा बोर्डले जेठ २३ नै नतिजाको जानकारी गराउन इच्छुक संघसंस्थालाई निवेदन पेश गर्न आह्वान गरिसकेको छ । बोर्डका अनुसार एसएमएस, आइभिआर (टेलिफोन) र वेबसाइट सेवाको माध्यमबाट एसइई नतिजा जानकारी दिनुपर्ने छ ।











