कृषकको अन्तरपालिका अवलोकन

दैलेख : जिल्लाका चार वटा स्थानीय तहका कृषकले अन्तरपालिका अवलोकन गरेका छन् । एन्साब नेपाल परियोजनाको सहयोगमा यहाँको भैरवी गाउँपालिका, नौमूले गाउँपालिका, दुल्लु नगरपालिका र भगवतिमाई गाउँपालिकाका ५३ जना कृषकलाई चार दिने अन्तरपालिका अवलोकन गराइएको हो ।

जलवायुमैन्त्री कृषिमा आबद्ध भएका चार वटा स्थानीय तहका ५३ जना कृषकलाई अन्तरपालिका भ्रमण गराइएको जनाइएको छ । भ्रमणका क्रममा कृषकलाई जलवायुमैन्त्री कार्यक्रम गर्दा वातावरणलाई पनि असर लगायतका विषयमा जानकारी गराइएको जनाइएको छ ।

भैरवी गाउँपालिकाका १६ जना कृषकलाई नौमूले गाउँपालिकामा रहेको बहुउद्देश्यीय नर्सरी तथा सिकाई केन्द्र लगायतका स्थानमा भ्रमण गराइएको हो । नौमूलेका १६ जना किसानलाई , भैरवी गाउँपालिका, दुल्लु नगरपालिका १६ जना किसानलाई भगवतीमाई गाउँपालिका र भगवतीमाई गाउँपालिका १६ किसानलाई नौमूले गाउँपालिकाका विभिन्न कृषि फर्महरूमा गराइएको हो ।

२५ वटा समूहहरूबाट अगुवा कृषक छनौट गरी ५३ जना किसानलाई चार दिने अन्तरपालिका स्तरीय अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको एन्साब नेपालका जिल्ला संयोजक मनोज पन्तले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार