असन्तुलित बजेटको बढ्दो डिग्रीले झेलिएका स्थानीय तह

दुई वटै पालिकाहरुले आगामी वर्षको बजेट तर्जुमा गर्दा पूँजिगत बजेट विनियोजनको घट्दो प्रवृत्तिलाई ध्यानमा राखी पालिकाको समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्ने गरी पुँजिगत बजेट बृद्धि गर्ने अनुपातलाई पुनर्मूल्याङ्कन र सन्तुलनमा राख्न सके सन्तुलित र समतामुलक विनियोजन भई आम नगरबासीहरुलाई लाभ प्रबाह गर्र्न र गराउन सकिनेछ । यसका साथै महालेखा परीक्षण (म.ले.प) ले वार्षिक रुपमा फजुल खर्च र बेरुजु भनि औल्याएका खर्च शिर्षकहरुलाई कटौति गर्न सकेको खण्डमा केहि हद सम्म बजेट विनियोजन र खर्चमा प्रभाव पर्ने हुदाँ म.ले.प. ले औल्याएका सवाल हरुको पुर्ण रुपमा परिपालनमा विशेष ध्यान दिन अनिवार्य छ ।

स्थानीय तहको बजेट विनियोजन तथा खर्चलाई सन्तुलित, जनमुखी, पारदर्शी र मितव्ययी बनाउन विभिन्न नीतिगत व्यवस्थाहरु गरिएका छन् । तथापि स्थानीय तहमा वर्षेनी वार्षिक बजेट बाँडफाँडको अवस्था साथै पारदर्शीता र उपलब्धीमूलक खर्च व्यवस्थापन वर्षेनी असन्तुलित हुदै असन्तुलनको डिग्री बढिरहको छ । जसको मुख्य कारण स्थानीय तहका लागि निर्धारण गरिएको बजेट बाँडफाँडका आधार, बजेट निर्माण प्रकृयाका ७ चरणहरुको अभ्यास, बजेट विनियोजनमा सुशासनका आधारभूत शर्त एवं स्थानीय आवश्यकताहरुलाई बेवास्ता गर्नु हो ।

नेपालको संविधान, २०७४ ले ३ वटै तहका सरकार संघ, प्रदेश र स्थानीय तहलाई निर्धारित विधि, प्रकृया र समय सीमाभित्र वार्षिक बजेटको प्रभावकारी तर्जुमा, बाँडफाँड एवं अर्थपूर्ण रुपमा खर्च गर्ने अधिकार प्रदान गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र स्थानीय तह वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४, परिमार्जनलगायत अन्य थुप्रै कानूनी दस्तावेज र संविधान प्रदत्त अधिकार प्रभावकारी रुपमा प्रयोग गर्न स्थानीय सरकारलाई अधिकार रहेको छ ।

वित्तीय संघीयताको मर्म अनुरुप पनि ३ वटै तहका सरकारलाई आफ्नो आर्थिक अधिकारको उपयोग गरी आवश्यकता अनुसार कानून तथा वार्षिक बजेट बनाउने लगायत नीति तथा योजना निर्माण गरेर कार्यान्वयन गर्ने अधिकार रहेको छ । संविधान तथा कानुनले निर्दिष्ट गरेका मार्गदर्शन एवं बजेटका मुलभूत पक्षलाई मध्यनजर गर्दै बजेट तर्जुमा गर्नु स्थानीय तहको प्रमुख दायित्व हो । स्थानीय तहले संविधानको धारा ६० बमोजिम खर्चको आवश्यकता र राजश्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम संघ र प्रदेश तहबाट प्राप्त हुने वित्तीय समानिकरण, सशर्त अनुदान, निशर्त अनुदान र विशेष अनुदानका साथै स्थानीय तहले संकलन गरको राजश्वलाई समेत प्रमुख श्रोतको रुपमा लिई बजेट निर्माण गर्दछन् ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमाका लागि निर्धारित मार्गदर्शन तथा योजना तर्जुमा दिग्दर्शनमा तोकिएको व्यवस्था अनुरुप आन्तरिक आय, प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त विभिन्न क्षेत्रगत बजेट (वित्तीय समानीकरण, सशर्त अनुदान, निशर्त अनुदान र विशेष अनुदान) को उपलब्धता अनुरुप दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि चालु बजेट र समग्र विकास प्रकृयाको कार्य सम्पादन गर्नका लागि पुँजीगत बजेट गरी २ वटा क्षेत्रमा बजेट विनियो जन गरी खर्च गर्ने गर्दछन् । यो प्रकृया ७५३ वटै पालिकाका लागि वार्षिक रुपमा लागू हुन्छ र हरके आगामी वर्षको वार्षिक बजेट विनियोजन तथा स्वीकृतिको अभ्यास सहभागितामूलक योजना तर्जुमाका ७ चरणहरु पौष महिनाबाट शुरु गरी वार्षिक नीति, कार्यक्रम तथा बजेट आषाढ १० गते सम्ममा पेस गरीसक्ने र आषाढ ३० गतेभित्र पारित गरिसक्नु पर्ने अनिवार्य व्यवस्था रहको छ ।

संघीयता सुरु भएको ८ वर्ष पूरा भई ९ वर्षमा चलिरहके ोर स्थानीय तहहरु पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोश्रो चरणको पनि २ वर्ष पूरा गरी तेश्रो वर्षको मध्ये अवधिमा चलिरहेका छन् । स्थानीय तहको सुरुवाति २०७४ देखिकैबजटे बाँडफाँडकोअभ्यास हर्दा पुँजीगत बजेटको तुलनामा चालु बजेट धेरै विनियोजन भई बजेटको विनियोजन अवस्था वर्षेनी असन्तुलित भईरहेको दृष्टान्त रहेको छ ।

विनियोजित बजेट मध्ये पनि चालु बजेटको खर्च प्रतिशत बढी र पुँजीगत बजेटको खर्च प्रतिशत कम हुने गरेको अवस्था छ भने समग्रमा कुल बजेट सत्प्रतिशत खर्च हुन नसकि हरके वर्ष १५ देखि २० प्रतिशत बजेट खर्च नै नहुने अवस्थाको निरन्तरता कायमै छ । उल्लेखित तथ्यलाई पुष्टि गर्न यस आलेखमा दैलेख जिल्लाका नारायण नगरपालिका र आठबीस नगरपालिकामा २०८१ कार्तिक महिनामा गरिएको बजेट सर्भेक्षण तथा विश्लेषणले पालिकाहरुको समग्र अवस्थालाई प्रतिविम्बन गर्दछ ।

उल्लेखित २ वटा पालिकाले आर्थिक वर्ष २०७७÷०७८ देखि २०८१÷०८२ सम्ममा गरके ोवार्षिक बजेट विनियोजन तथा खर्चको अवस्थालाई गहन रुपमा अध्ययन तथा विश्लेषण गरी विशिष्टिकृत प्रतिवेदन २ वटै पालिकाका प्रतिनिधि र सरोकारवालाहरुलाई साझा गरी सकिएको छ भने यस आलेख मार्फत आम सरोकारवालाहरुलाई प्रतिनिधिमूलक रुपमा स्थानीय तहको बजेट विनियोजनको अवस्थाबारे सुसुचित गराउने प्रयास गरिएको छ ।

दुई वटै पालिकाले २०७७÷०७८ देखि २०८१÷०८२ सम्मको वार्षिक बजेट बाल–केन्द्रित क्षेत्रमा के कति विनियोजन गरी खर्च गरे, त्यसले के कस्ता नतिजा र प्रभावहरु प्राप्त भए भनी बाल सम्वेदनशील दृष्टिकोणले पहिचान गर्ने र आगामी दिनमा बाल–केन्द्रित क्षेत्रलाई विशष्ो प्राथमिकता दिनका लागि सुझाव दिने उद्देश्य उक्त बजेट सर्भेक्षण तथा विश्लेषणले राखेको थियो । तथापि यस कार्यले पालिकाको ५ वर्षको कुल वार्षिक बजेट विनियोजन र खर्चको अवस्थाको समेत गहन अध्ययन र विश्लेषण गरेको छ ।

बजेट विश्लेषणका लागि २ वटै पालिकाको आर्थिक वर्ष ०७७÷०७८ देखि ०८१÷०८२ सम्मको ५ वर्षको वार्षिक आय, व्यय लगायतका कानुनी दस्तवेजहरू, मार्गदर्शनहरू, नीतिगत दस्ताबजे हरू, वार्षिक बजेट, योजनाहरू र प्रगति प्रतिवेदनहरूको विस्तृत अध्ययन, विश्लेषण तथा समिक्षा गरिएको थियो । विशेष गरी वार्षिक बजेट विनियोजन तथा खर्चको विश्लेषणका लागि पालिकाले सुत्र प्रणालीमा वार्षिक रुपमा प्रतिवेदन गरेका दस्ताबेजहरू (मलेनिका र मन्त्रालयमा निर्धारित सिस्टममा पेस गरी स्वीकृत भएको प्रतिवेदन) लाई बजेट विश्लेषणको मुख्य आधार बनाईएको थियो ।

यसका साथै स्थानीय सरकारको वार्षिक कार्यक्रम तथा बजटे तर्जुमासँग सम्बन्धित लेखहरू, रिपोर्टहरू साथै बालमैत्री स्थानीय शासनका सूचकहरू समेतलाई सन्र्दभ सामाग्रीको रुपमा अध्ययन गरिएको थियो ।

बाल केन्द्रित क्षेत्रका लागि बजेट विनियोजन र खर्चको प्रवृत्तिमा विशष्ो जोड दिँदै कानुनी प्रावधान, स्थानीय शासन अभ्यास र स्थानीय स्तरको योजना, बजेट र प्रतिवेदनसँग सम्बन्धित प्रावधानहरूमा दस्ताबेजहरूको समीक्षा केन्द्रित रहेको थियो । उक्त प्रक्रियाले बर्तमान नीतिहरू र अभ्यासहरूबारे स्पष्ट दृष्टिकोण र व्यापक बुझाई हासिल गर्न सहयोग गरेको थियो । यस आलेखमा विशेष गरी २ वटा पालिकाको ५ वर्षको बजेटको वार्षिक विनियोजनको अवस्थालाई मात्र समावेश गरी निम्नानुसार प्रस्तुत गरिएको छ भने अन्य महत्वपूर्ण सन्र्दभहरुलाई आगामी अंकहरुमा प्रस्तुत गरिनेछ ।

माथि प्रस्तुत बजेटको उपलब्धता र विनियोजन अनुसार नारायण नगरपालिका, दैलेखले आ.व. ०७७÷०७८ मा ६२.९३% चालु र ३७.०७% पुँजीगत बजटे विनियोजन गरेको छ । त्यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा चालुतर्फ ६४.४४% र पुँजीगततर्फ ३५.५६%, ०७९÷०८० मा चालुतर्फ ६६.१८% र पुँजीगततर्फ ३३.८२%, ०८०÷०८१ मा चालुतर्फ ७५.७०% र पुँजीगततर्फ २४.३०% र आ.व. ०८१÷०८२ मा चालुतर्फ ७२.४६% र पुँजीगततर्फ २७.५४% बजेट विनियोजन गरेको छ । आठबीस नगरपालिका, दैलेखले आ.व. ०७७÷०७८ मा ५४.८०% चालु र ४५.२०% पुँजीगत बजटे विनियोजन गरको छ ।

त्यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा चालुतर्फ ५७.८८% र पुँजीगततर्फ ४२.१२%, ०७९÷०८० मा चालुतर्फ ६६.३६% र पुँजीगततर्फ ३३.७४%, ०८०÷०८१ मा चालुतर्फ ७४.६८% र पुँजीगततर्फ २५.३२% र आ.व. ०८१÷०८२ मा चालुतर्फ ७१.४०% र पुँजीगततर्फ २६.६०% बजेट विनियोजन गरेको छ ।

तुलनात्मक रुपमा २ वटै पालिकाको हरेक वर्षको वार्षिक बजेट पुँजीगतको तुलनामा चालुतर्फ अधिकतम विनियोजन भएको छ । साथै हरेक वर्षको बजेट विनियोजनमा चालु बजेटको अंक प्रतिशत बढ्दो क्रममा रहेको छ भने पुँजीगत बजेटको अंक प्रतिशत घट्दो क्रममा रहकाे छ ।

उल्लेखित बजटे विनियोजनको असन्तुलित दृष्टान्त अनुसार २ वटै पालिकाहरुले आगामी वर्षको बजेट तर्जुमा गर्दा पूँजिगत बजेट विनियोजनको घट्दो प्रवृत्तिलाई ध्यानमा राखी पालिकाको समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्ने गरी पुँजीगत बजेट वृद्धि गर्ने अनुपातलाई पुनर्मूल्याङ्कन र सन्तुलनमा राख्न सके सन्तुलित र समतामूलक विनियोजन भई आम नगरबासीहरुलाई लाभपवाह गर्न र गराउन सकिनेछ । यसका साथै महालेखापरीक्षण (म.ले.प) ले वार्षिक रुपमा फजुल खर्च र बेरुजु भनि औल्याएका खर्च शीर्षकहरुलाई कटौती गर्न सकेको खण्डमा केही हदसम्म बजेट विनियोजन र खर्चमा प्रभाव पर्ने हदुाँ म.ले.प. ले औंल्याएका सवालहरुको पूर्ण रुपमा परिपालनामा विशेष ध्यान दिनु पनि अत्यन्तै महत्वपूर्ण रहेको छ ।

(लेखक विगत लामोसमयदेखि सुशासन, जवाफदेहिता, अनुसन्धान एवं संघीयता सवलिकरणको क्षेत्रमा कार्यरत छन्)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार