देशभर उपनिर्वाचन सम्पन्न भएको छ । यसपालिको उपनिर्वाचनमा अधिकांश स्थानमादलहरूले भिन्दा भिन्दै उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तासँगै आ–आफ्ना एजेन्डाहरू लिएर निर्वाचन आफ्नो पक्षमापार्ने दाउमा लागेका दलहरूले जनतालाई आफ्ना एजेन्डाहरू कसरी सुनाए ? काम गर्ने बाचाकसरी गरे ? त्यो विषय निर्वाचित भएका जनप्रतिनिधिहरूको पहिलो एजेन्डा हो ।
समृद्धि र विकास एकै पटक सबै पूरा हुनेगरी कामगर्न सम्भावना नहुने विषय हो । विभिन्न प्रक्रियाहरूलाई पूरा गर्दै बजेटको सुनिश्चिततासँगै बजेट कार्यान्वयन गराउने बेलासम्मको कामनिकै प्रभावकारी रूपमा सम्पन्नहुन सकेन भने कुनै पनि स्थानको समृद्धिको विषयओझेलमा पर्न सक्ने देखिन्छ ।
सुरुमा समृद्धिको खाका नै महत्वपूर्ण विषयहो जसरी विकासको मोडल तयार हुन्छ, सोही अनुसार बजेटको आवश्यकता पर्दछ । बजेटको सुनिश्चितता पछिका पनि विभिन्न चरणहरू हुने गर्दछन् । सरकारले विनियोजन गरेको बजेटको प्रभावकारी कार्यान्वयनगर्ने निकायको रूपमा कर्मचारीहरूले एकदमै चाहना राखेर विकासको कामलाई अगाडि बढाउने प्रक्रियागत कुराहरू पनि सँगसँगै अगाडि बढ्नुपर्ने हुन्छ ।
अझै कतिपय बजेटहरू र विदेशी मुलुकहरूबाट समेत प्राप्त भएको हुन्छ । त्यसका पनि विभिन्न प्रक्रियागत कुराहरूले एकपछि अर्को गर्दै समय व्यतित हुने र विकासको खास कामहरूमा कहीँ न कहीँ अवरोधहरू सृजना गरेका छन् । नेपालमा यस्ता परियोजनाहरूको खोजीगर्ने हो भने पनि धेरै छन् । जुन परियोजनाहरूले देशको ठुलो आर्थिक अवस्था सुधारको पक्षलाई अँगाल्न सक्ने अवस्था देखिएको छ । कतिपय सरकारले नै सञ्चालन गरेका आयोजनाहरू, कतिपय दातृ निकाकाआयोजनाहरू अहिले पनि उत्पादन हुन सक्ने अवस्थामा छैनन् ।
नेपालमा सबैभन्दा धेरै सम्भावना जलविद्युत क्षेत्रमा छ । जलविद्युत क्षेत्र अन्य धेरै क्षेत्रहरू मध्येको नेपालको आर्थिक अवस्था सुधार गर्ने एउटा महत्वपूर्ण विषयहो । यसको प्रभावकारी कार्यान्वयनहुन सकेको अवस्था छैन । धेरै स्थानमा जलविद्युत उत्पादनका कामहरू सुरु गरिएको अवस्थामा मात्रै छन् तर कार्यान्वयनको चरणमा किनपुग्न सकेनन् ?यस भित्रका विषयहरू आम नागरिकहरूले सहजै रूपमाप्राप्तगर्न सकेका छैनन् । आमनागरिकहरूले सहज रूपमा बुझ्ने भनेको नै सरकारले कामगर्न सकेन भन्ने नैहो ।यसलाई अन्यथामान्नु पनिहुँदैन । तर समृद्धिको यात्राकुनविकासले तय गरेका छन् ? ती विषयहरू बाहिर ल्याएर जनतालाई जानकारी गराउँदै समस्याकहाँ कहाँबाट भएको छ ?समाधानका उपायहरू कसरी अगाडि बढेका छन् ? यसको पनिप्रभावकारी रूपमा जानकारी दिनुपर्दछ ।
विकास र समृद्धिको एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर हरेक जिल्लामा भएका, सुरु गर्ने कोशिस गरिएका, काम हुन नसकेका योजना र आयोजनाहरूको मात्रविस्तृत अध्ययन र अनुसन्धान गरेर सरकारले प्राथमिकतामा राख्ने र सोहीअनुसार कर्मचारीहरूले कार्यान्वयनको विषयबनाउने हो भने नेपालमा धेरै विषयहरू सम्भव छन् । प्रभावकारी बनिरहेका छन् र प्रतिफलपनिदिन सक्ने अवस्थामा देखिन्छन् । तसर्थ निर्वाचित जनप्रतिनिधिले समृद्धि र विकासलाई एजेन्डामा मात्र सीमित नराखेर वास्तविकतामा विकास गर्नुपर्दछ ।





