बढ्दो अपेक्षा र चुनौती

नेपाल अहिले पनि विकासका विभिन्न चरणहरू पार गर्ने प्रक्रियामा छ । क्रमागत रूपमा हुनुपर्ने कतिपय विकासहरू अगाडि बढिरहेका छन् भने कतिपय हुनैपर्ने विकासका कामहरू रोकिएका छन् । नेपालको समग्र आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण परियोजनाहरू निर्माण हुन नसकेका कारण आर्थिक अवस्था सुधारका विभिन्न पक्षहरू रोकिएका छन् ।

नेपालमै रोजगारी भएको भए राम्रो हुने थियो भनेर युवाहरूमा बढिरहेको आशा र अपेक्षा अन्ततःनिराशामा परिणत हुँदै जाने होकि भन्ने विषय पनि उठ्न थालेको छ । नेपालमा ठुला आर्थिक अवस्था सुधारका बाटाहरू खुल्न नसक्नुले पनि युवाहरूमा निराशाका बादलहरू मडारिएको अवस्था छ । वर्षैनी परिवर्तन हुने सरकारहरू र सरकारमा बसेकाहरूले गरेका गतिविधिहरू प्रति युवा लगायत कतिपय मानिसहरूमा निराशा छाएको विषयलाई हेर्ने हो भने पछिल्लो पटक बनेको नेपाली काँग्रेस र नेकपा एमालेको सरकारले अब सबै विकासका कामहरूलाई खोल्नुपर्ने देखिएको छ । नेपालमा देखिएका सबै खाले सम्भावनाहरूलाई कहीँ कसैको प्रभाव र दबाबमा नभई समग्र नेपाल नेपालीहरूको भाग्य र भविष्य परिवर्तनका लागि भनेर एकसुत्रीय अभियानको थालनी गर्नुपर्ने देखिएको छ ।

विकास, सुशासन र समृद्धिका बाँकी रहेका सबै कामहरूलाई छिमेकी देशहरू र अन्यविकसित देशहरूबाट कसरी अनुदान प्राप्त गर्ने र सम्पन्न गर्ने भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ । कुन विकास के र कसका कारणले रोकिएका छन् भने पूर्ण रूपमाजानकार भएका नेपालकादुई वटा ठुला राजनीतिकदलहरूले अब पनि विकल्पको कुरा गर्न सुहाउने छैन । अहिलेको सरकारले पनि यही विषयलाई प्राथमिकतामा राखेको छ । केही परिवर्तनका कामहरूको सुरुवात भइसकेको अवस्था छ भने केही सुरुवातको चरणमा रहेका छन् । ठोस रूपमा विकासका योजनाहरू, ती योजनाहरूको अवस्था विश्लेषण गर्दै जसले जुन–जुन स्थानमा कमजोरी गरेका छन् । ती कमजोरीहरूलाई केलाउँदै मार्ग प्रशस्त गर्नका लागि ऐन नीति नियम पनि परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको खण्डमा त्यो पनि परिवर्तन गरेर काम गर्नुपर्ने बेला आएको छ ।

विकासका काममा गति दिन सकेको खण्डमा पछिल्ला पुस्ताहरूमा देखिएको महत्वाकांक्षा र असन्तुष्टिका विषयहरू केही मात्रामा मत्थर हुने देखिन्छ । छिटो–छिटो प्रतिफल प्राप्त गर्ने विषयलाई हुँदै छ भनेर पनि जनताको माझमा लैजानु पर्ने अर्को आवश्यकता देखिएको छ । केही पनि भएको छैन भनेर बढेको असन्तुष्टिलाई सरकारले प्रभावकारी कामको थालनी गरेर प्रक्रिया अगाडि बढाएको छ भनेर समेत गाउँ बस्तीमा जनतालाई आश्वस्त पार्नुपर्ने अहिलेको आवश्यकताहो ।

मानव जीवनका विभिन्न भोगाइहरूलाई अध्ययन र अनुसन्धान गर्ने हो भने पनि समस्यामा परेका बेलामा धेरै आत्तिने अवस्था भयो भने, कतिपय खुसीयालीमा धेरै खुसी हुने प्रवृत्तिले पनि युवाहरूमा निराशाका बादलहरू मडारिएका छन् । व्यक्तिगत महत्वकांक्षा अत्यधिक मात्रामा बढ्नुले पनि समस्याहरू अझै धेरै विकराल बन्दै गएको अवस्था छ । यस्ता सबै विषयलाई सरकार, नागरिक समाज, उद्योगी, राजनीतिकदल सबैले ऐक्यबद्धता गर्दै नेपालको विकास समृद्धि र सुशासनमा धेरै कामहरू भएका छन् भनेर जनतालाई प्रतिफल दिएका धेरै उदाहरणहरू पेस गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार