संरचना र सुरक्षा दुवैमा ध्यान दिऊँ

नेपाल भूकम्पको जोखिम रहेको विषयहरू विभिन्न विश्लेषणहरुले देखाएका छन् । नेपालको पनि पश्चिमी क्षेत्रमा खतरा हुन सक्ने विश्लेषणहरूले गरिरहेका छन् । यो विषयसँगै नेपालमा यस अघि गएका भूकम्पबाट पनि सुरक्षाका धेरै विषयहरूमा प्रश्न उठ्ने गरेको छ ।

मानिसलाई तत्कालै उद्धार चाहिएको विषय अनिवार्य सर्त हो तर सोही अनुसारको सुरक्षा व्यवस्थापन गरिएको छ कि छैन भन्ने विषय र सोहीअनुसारको परिचालन प्रभावकारी हुन्छ कि हुँदैन भन्ने विषय अर्को महत्वपूर्ण पाटोको रूपमा आउने गर्दछ ।

नेपालमा मात्र हैन विश्वका धेरै विकसित मुलुकहरूमा हुने विभिन्नखाले विपद्का घटनाहरूमा पनि उद्धार तथा राहतमा केही न केही कमी कमजोरी अवश्यहुन सक्छन् । प्राकृतिक विपत्तिमा परेकाहरूलाई जोगाउनु सबैको दायित्व हो । तर जो व्यक्ति उद्धारका लागि खटिएको हुन्छ उसको सुरक्षा पनि पहिलो कुरा हुन सक्छ । यस्ता विषयहरूमा पनि आम नागरिकहरूले पहिला उद्धार गर्ने व्यक्तिको सुरक्षाको विषयमा पनि चासो दिनुपर्ने हुन्छ ।

पछिल्ला दिनहरूमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएका कारण विषय, परिस्थिति र अवस्थाको विश्लेषण नै नगरेर एकाएक सरकार र सम्बन्धित निकायहरूलाई गालीगर्ने प्रचलन पनि उत्तिकै बढेको छ ।

नेपालको पश्चिम क्षेत्र कर्णाली र सुदूरपश्चिममा ठुलो भूकम्पजान सक्ने पूर्वानुमान जसरी गरिएको छ सोही अनुसारको पूर्व तयारीको अवस्था कस्तो गरिएको छ भन्ने विषय पहिलो दायित्व सरकारको नै हुने गर्दछ । आमनागरिकहरू पनि सचेत भएर भूकम्प जाँदा आवश्यक पर्ने झटपट झोला, सोही अनुसारको व्यवस्थापन कसरी गरेका छन् भन्ने विषय पनि अर्को महत्वपूर्ण विषय हो । पहिलो सुरक्षा व्यक्ति स्वयंले गर्नुपर्दछ भन्ने कुरालाई आमनागरिकहरूले सोच्नुपर्ने आवश्यकता देखिन्छ । दोस्रो कुरा आफूले निर्माण गरेका भौतिक संरचनाहरू भूकम्प प्रतिरोधी छन् वा छैनन् सो को पनि विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

भूकम्पमात्र हैन हरेक हिसाबबाट आई पर्ने प्राकृतिक विपत्तिहरूको सामना गर्नका लागि सोही अनुसारको तयारी गर्नुपर्ने आवश्यकता देखिन्छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा चट्याङ्ङ लगायतका विभिन्नखाले प्राकृतिक विपत्तिहरू आइरहेको अवस्था छ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनका असरहरूका कारण पनि कतिपय अवस्थामा अतिवृष्टि, अनावृष्टि जस्ता प्राकृतिक प्रकोपहरू पनि आउने गरेका छन् । यस्ता सबै खाले प्राकृतिक विपत्तिहरूबाट जोगिनका लागि पहिलो दायित्व स्वयं व्यक्तिको हुन आउँछ भने दोस्रो दायित्व सरकार र अन्य सम्बन्धित निकायहरूको आउँछ ।

विपत्ति पछिको राहत र उद्धारकालागिभने सरकारले प्रभावकारी संयन्त्रको सुरुवात गर्दै छिटो भन्दा छिटो उद्धार र राहतका कामहरूलाई कसरी लैजाने भन्ने विषयमा पूर्व तयारी नै सबैभन्दा महत्वपूर्ण विषय हो । सबैभन्दा धेरै जोखिम मानिएको भूकम्पबाट जोगिनका लागि संरचनाहरू निर्माणमा सम्बन्धी व्यक्तिहरूले विशेष ध्यान दिनुपर्ने देखिएको छ भने अर्को तर्फ तीन तहका सरकार र विभिन्न निकायहरूले प्रदान गर्नुपर्ने सुरक्षा व्यवस्था, सोही अनुसारको जनचेतना लगायतका विषयहरू अर्को महत्वपूर्ण विषय भित्र पर्दछन् । सबै सचेत भएर काम गर्न सकेको खण्डमा हरेक विपत्तिबाट जोगिन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार