नेपाल अल्पविकसित मुलुक हो भन्ने विषय सबैलाई थाहाभएकै विषय हो । नेपाल जस्ता धेरै अल्पविकसित मुलुकहरू जो नेपालको भन्दा कम आर्थिक अवस्थाका थिए। ती मुलुकहरू आज एकाएक विकसि तमुलुकको सूचिमा उक्लिँदै गरेका छन् । ती देशहरूले कसरी यो अभियान सफल बनाए भन्ने विषयको खोजी पनि भएको छ । नेपालका नेताहरूलाई पनि यो विषय स्पष्ट रूपमाथाहा छ तर नेपालका राजनीतिकदलहरूले अन्य भन्दा अलि धेरै निषेधको राजनीति गर्ने गरेकाले देशकै आर्थिक अवस्था सुधारमा समस्याआएको भनेर व्याख्या र विश्लेषणहरू भएका छन् । नेपालमा जुन दलका नेताहरूले हिजो देखिको परिवर्तनमा एक भएर लडाई लडे । केही समयपछि पुनः एउटा दलले अर्को दललाई कसरी सक्ने भन्ने विषयतिर ध्यान बढी आकर्षित भएपछि दलहरूप्रति केहीमात्रामा असन्तुष्टी बढिरहेको देखिन्छ ।
जनताहरू किन रिसाए भन्ने विषय पनि ठुला दलहरूलाई स्पष्टसँग थाहा छ । मुलुकको समृद्धिका विषयहरूको उठान किन प्रभावकारी रूपमागर्न सकिएन भन्ने विषय पनिदलहरूलाई थाहा छ ।अधिकांश जानकार नागरिकहरूलाई पनि यो विषय थाहा छ । सबै कुरा थाहा हुँदा हुँदै पनि सामाजिक सञ्जालको गलत प्रयोगका कारण भड्किलो भन्दै गएको, नकारात्मक भावनालाई धेरैले रुचाउने विषय बनेको नेपाली समाजमा हिजोको त्याग, तपस्या र बलिदानलाई मात्र हैन राजनीतिकदलहरूले आफ्नो अस्तित्व आफै समाप्त पार्ने कामहरू पनि गरेको अवस्था छ ।
निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएर चुनाव पछिको नतिजाका आधारमा सरकार फेरवदल गर्नुपर्नेमा चुनाव अघि नै विचार, सिद्धान्त, पद्धतिलाई तिलाञ्जली दिएर गठबन्धन गरेर जनतालाई फलानोमा मतदान गर्नु भनेर निर्देशन दिने काम जसरी यस अघिका केही निर्वाचनहरूमा दलहरूले सुरुवात गरे अहिले तीनै जनताहरूबाट दलहरूलाई नै चुनौती देखिएको छ ।
सरकार जसको बन्यो सोहीअनुसारको सबै खाले गठबन्धन हुने प्रचलन र त्यसपछिको प्राप्तिलाई पनि दिगो बनाउन नसक्नु दलहरूको कमजोरी हो । चुनाव अघिको एउटा गठबन्धन हुने अनि चुनावपछि अर्कोसँग गठबन्धन गर्ने यस्ता गतिविधिहरू तीव्र हुँदै गएपछि सचेत नागरिकहरूले जसलाई मनपर्छ त्यसैलाई मतदान गर्नुपर्छ भन्ने तर्फ जनता बढी उदृत भएको देख्न सकिन्छ ।
यस्ता धेरै कालखण्डहरू पार गरेको नेपाली राजनीतिमा अहिले मुलुकका दुई वटा ठुला दलहरू मिलेर सरकार निर्माण भएको छ । यो सरकार गठन हुने बेला देखिनै सरकार ढल्छ भनेर विपक्षीहरूले जसरी कुरा गरिरहेका छन् त्यसतर्फ नभई अहिलेको सरकारले विकास र समृद्धिका विशेष योजनाहरू लागू गरेर जनताको मन जित्न सक्ने गरी कामगर्नुपर्ने अहिलेको आवश्यकता हो । अहिलेको सरकारले पनि विकास, सुशासन र समृद्धिको विषयमा प्रभावकारी काम गर्न सकेन भने आगामी दिनहरूमा नेपालमा पुराना राजनीतिकदलहरू र शीर्ष नेताहरूलाई निकै ठुलो चुनौती आउन सक्ने सम्भावना देखिएको छ ।





