क्यान्सर रोकथाममा प्रभावकारी कदम

अल्पविकसित मुलुहरुमा हुने विभिन्नखाले समस्याहरूले मानिसहरूको अल्प आयुमै मृत्यु हुनुपर्ने अवस्था छ । नेपाल लगायतका कम विकसित मात्र हैन विकसित मुलुकहरूमा पनि विभिन्न रोगका सङ्क्रमणहरू देखा पर्दै आएका छन् । समाजको विकास क्रम सँगै नयाँनयाँ समस्याहरू देखा परिरहेको अवस्थालाई मध्यनजर गर्दा जसरी मानिसहरू सभ्य समाजतर्फ अग्रसर हुनथाले सोहीअनुसारका सङ्क्रमणका प्रकृतिहरू पनिभिन्नभिन्नतरिकाले बढ्दै गएको अवस्था छ ।
समाजविकासको क्रममाहुँदै गर्दा शरीर भरि घाउ हुने निको नहुने र त्यस्ताव्यक्तिहरूलाई गाउँनिकालागर्ने प्रचलनपनि धेरै थियो, त्यसपछि दमका रोगीहरूको समस्या धेरै बढ्यो, नेपालमाएकताकाएचआइभी एड्सको निकै भयावहअवस्थाआयो । पछिल्ला दिनहरूमादातृ निकायको सहयोगमाएचआइभी सङ्क्रमितहरूकालागिनिःशुल्कऔषधि र उपचारको व्यवस्था भएपछि केहीहदसम्मअहिले एचआइभी एड्सको विषयमत्थर भएको छ ।

पछिल्ला दिनहरूमा मुटुमा हुने समस्या र क्यान्सर रोगको सङ्क्रमण नेपाल जस्ता अल्पविकसितमुलुकहरूमानिकै धेरै बढ्दै गएको अवस्था छ । मानसिकतनाव, खानपान, उचितआशा÷ विहार, ध्रुमपान र मद्यपानको सेवनकाकारण क्यान्सर लगायतका विभिन्न खाले सङ्क्रमणहरू नेपालमा देखा परिरहेको अवस्था छ । पछिल्लो तत्थ्याँक अनुसार क्यान्सर रोग भयावह अवस्थामा फैलिएको छ ।

महिला र पुरुषदुवैलाई फरक फरक प्रकृतिका क्यान्सरका सङ्क्रमणहरू देखा परिरहेका छन् । क्यान्सरबाट मृत्यु हुनेहरूको सङ्ख्या पनिनिकै धेरै वृद्धि भएको छ । मानिसहरूको अकालमै मृत्यु हुने अवस्थालाई रोकथाम गर्नका लागि विभिन्न जनचेतनामूलक कामहरु पनि प्रभावकारी रूपमा अगाडी बढाउँदै लैजानुपर्ने अवस्था देखिएको छ । विशेष गरेर महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तनक्यान्सर जस्ता विभिन्न समस्याहरू जटिल बन्दै गएको अवस्था छ भने पुरुषहरूमा पनि विभिन्न खाले क्यान्सरका सङ्क्रमणहरू देखा परिरहेका छन् ।

हरेक दिन खाद्यान्न र फलफूलमा प्रयोग हुने विषादीको मात्रा बढ्दै जानुले पनि क्यान्सरको सङ्क्रमण नेपालमा जटिल बन्दै गएको छ । यस वारे सरकारले थालेका विभिन्न कदमहरूसँगै मानिसहरू स्वयंले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ भने सरकारले आफ्नै देशको उत्पादन र विदेशीउत्पादनको आयतका विषयमा विषादी परीक्षणको विषयलाई कडाइका साथलागु गर्नुपर्ने आवश्यकता देखिन्छ । हरेक किसानहरूले प्रयोग गर्ने विषादीकाकारण धेरै व्यक्तिहरूमा समस्या उत्पन्न भएको मात्र छैन, उपभोग गर्ने उपभोक्ताहरूको स्वास्थ्यमा त गम्भीर समस्या देखिएकै छ भने अर्कोतर्फ विषादी प्रयोग गर्ने किसानहरूमा समेत क्यान्सरको समस्या जटिल रूपमा देखिएको छ ।

पूर्वाधार विकासको विषयलाई मात्र सरकारले जसरी प्रभावकारी बनाउँदै लगेको अवस्था छ, त्यसै गरी मानव स्वास्थ्यको विषयलाई पनि गम्भीरताका साथ अवलम्बन गर्दै व्यापक जनचेतना अभियान र जैविक विषादीहरूको प्रयोगको विषयलाई प्रभावकारी बनाउँदै लैजाने हो भने जटिल बन्दै गएको क्यान्सर जस्तो समस्या निराकरण हुने सम्भावना देखिन्छ ।
सरकारले किशोरीहरूलाई क्यान्सर विरुद्धको खोप अभियान सुरु गरेको अवस्था छ । यसले पक्कै पनि सकारात्मक सन्देश प्रवाहगर्ने अवस्था देखिएको छ । यो अभियानमा सबै किशोरीहरूलाई खोप प्रदानको विषय अझै व्यापक बनाउँदै अन्यउमेर समूहका महिलाहरूको क्यान्सर समस्या भएन भएको पूर्व जाँच गर्ने विषयलाई पनि प्रभावकारी बनाउँदै हरेक महिलाहरूले चेकजाँचमा भाग लिएर खतरनाक बन्दै गएको क्यान्सरबाट आफू पनिबच्ने र अरूलाई पनिबचाउने अभियानको थालनी गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार