जिम्मेवारी बहन गरौँ रफ्तार बढाऔँ

विकासले पछाडि परेका र विभिन्न कारणले पछाडि पारिएकामुलुकहरूको विकासको क्रमजुन रफ्तारले बढ्नुपर्ने थियो सोहीअनुसार रफ्तार बढ्न सकेको अवस्था छैन । कतिपयआन्तरिक स्रोत साधनहरूको कमिले यस्तो समस्याआएको छ भने कतिपयबाह्यकम्पनीहरूले जिम्मेवारी लिएकाकामहरूको प्रभावकारी कार्यान्वयनमा यो वात्यो बहानामाहुने ढिलाइका कारण अल्पविकसितमुलुकहरू विकासको चरणमा पुग्ननिकै धेरै चुनौती खेप्नुपर्ने अवस्था छ ।

सबैभन्दा जटिल समस्याको रूपमा रहेका भ्रष्टाचार पनिविकासको ठुलो बाधकको रूपमा रहेको छ । रातारात कसरी करोडपति बन्ने होडबाजी नेपाललगायतकाअल्पविकसितमुलुकहरूमा देखिनु पटक्कै राम्रो सन्देश हैन । नेपालमापदमा बसेर पदको दुरुपयोग गर्ने क्रमअहिले मात्र हैन पञ्चायत र निरङ्कुशतन्त्रफलिसकेपछि पनि उस्तै अवस्था देखिएको छ । कतिपयअवस्थाको विश्लेषण गर्दा भ्रष्टाचारको विषयलाई कडाइका साथकार्यान्वयनगर्ने प्रभावकारी संयन्त्रको निर्माण हुननसक्नु र निर्माण भएका संयन्त्रहरूले पनि राजनीतिक दबाब वा सरकारको दबाबका कारण प्रभावकारी कामगर्न नसक्नु पनिअर्को कारण हो । नेपालमा पछिल्ला दिनहरूमाअनियमितता र भ्रष्टाचारका विषयहरू जसरी बाहिर आएका छन् तीविषयहरुभित्रको बुझाई आममानिसमा फरक छ ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोगले कुन मुद्दाको सुनुवाइको प्रक्रियाकहिलेदेखि थालेको हो भन्ने विषयको खोजी नभएर विगत ८ देखि १० वर्षअघि परेका उजुरीहरूको अध्ययन, अनुसन्धान लगायतका कामहरूको प्रक्रिया पूरा गरी विशेष अदालतमा मुद्दा दर्ता गर्दा लागेको समयको ख्यालै नगरेर अहिले नै यस्ता भ्रष्टाचारका विषयहरू उठेका हुन्भनेर गरिने विश्लेषण गर्नु राम्रो होइन । यहाँ यस्ता धेरै विषयहरूको विश्लेषण गरिरहँदा पछिल्ला दिनहरूमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेका प्रक्रियाहरूका कारण पनि कतिपय विकासका कामहरूमा अवरोध सृजना भएको छ । भर्खरै सुरु हुनलागेको आयोजनामा मुद्दा हालिदिने र उक्त मुद्दाको विषयकिनारा नलाग्नेबेला सम्मकाम ठप्प पार्ने जुनकिसिमको प्रवृत्ति छ यस्ता प्रवृत्तिहरुलाई पनि कसरी छिटो छरितो प्रक्रियामा जान सकिन्छ यसको पनि कार्य विधि बनाउनुपर्ने देखिन्छ । कसैले रिसकै भरमाहालेको मुद्दाको विषयले ठुला–ठुला विकासकाकामहरूरोकिननहुने गरी सरकारले नीति बनाउनुपर्ने देखिन्छ ।

सरकार सञ्चालनको जिम्मेवारी लिएकानिकायहरू र राष्ट्रसेवककर्मचारीहरूले निष्पक्ष ढङ्गले कामको जिम्मेवारी निर्वाह गर्नुपर्दछ । आफूलाई थोरै भएपनिनाफाहुने विषयलाई पहिलो प्राथमिकतादिने र अन्य जनताका लागि प्रभावकारी कामहरू छन् तर व्यक्तिगत रूपमा कुनै फाइदा हुँदैन भने त्यस्ता विषयहरूमा चासो नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सरकार र सरकारको नीतिनियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निकायको रूपमा रहेको स्थायी सरकारले यस्ता विषयहरूलाई गम्भीरताका साथ लिनुपर्ने देखिन्छ । देश र जनताको विकासका लागि काम गर्नुपर्ने दायित्व बोकेका सबैले निष्पक्ष रूपमाकुनै लोभ लालचमानपरेर कामगर्नुपर्दछ । जबसम्मस्थायी सरकारमा बसेकाले यो कुरालाई मनन् गर्न सक्ँदैन न्तवसम्म विकासले रफ्तार लिन सक्दैन । विकास नभएसम्म आर्थिक समृद्धिको विषय ओझेलमा पर्ने गर्दछ । यस्ता विषयमा सबैले गम्भीर भएर अघि बढ्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार