दुर्गममा इन्टरनेट सेवालाई प्रभावकारी बनाऊ

नेपालको भौगोलिक विकटताका कारण सबै जिल्लाहरुमा सहज यातायात पुग्न सकेको छैन । यातायातको सहज पहुँच हुन नसक्दा सबै जिल्लाका वासिन्दाहरु एक स्थानबाट अर्को स्थानमा सहजै आवत जावत गर्न कठिन छ । यस्तो कठिन आवत जावतलाई नजिकबाट जोड्ने काम नेपाल टेलिकमले गरिरहेको छ ।

टेलिकमको महत्वलाई बुझेर नैपहिलो पञ्चवर्षीय योजनामा यसको विस्तारका लागिवि.सं. २०१६ सालमा दूरसञ्चार विभाग स्थापना भएर देशव्यापी रुपमा यसलाई विस्तार गर्ने क्रमचलेको थियो । दूरसञ्चार सेवालाई आधुनिकीकरण गर्न र सेवाको विस्तार गर्न तेस्रो पञ्चवर्षीय योजनाको अवधिमा दूरसञ्चार विभागलाई दूरसञ्चार विकास बोर्डमा रूपान्तरण गरिएको थियो । विसं. २०२८ मासंचार संस्था ऐन लागू भएपछि दूरसञ्चार सेवाहरू प्रदानगर्ने उद्देश्यका साथ नेपाल टेलिकम्युनिकेसन कर्पोरेसनलाई पूर्ण स्वामित्वको सरकारी संस्थानको रूपमा औपचारिक रुपमा स्थापित गरियो ।

यसले आफ्नो सेवा विस्तार र आधुनिकीकरण बनाउने सन्दर्भमाविसं. २०६१ वैशाख १ गते बाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा परिणत भयो । अहिले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कम्पनी ऐन २०५३ अन्तर्गत दर्ता गरिएको कम्पनी मार्फत सञ्चालित छ । अहिले यस कम्पनीलाई “नेपाल टेलिकम”नामको ब्रान्डका रूपमा आमजनतामा सहजै परिचित छ।

अहिले यस कम्पनीले नेपालभर आफ्नो पहुँचलाई विस्तार गरिरहेको छ । नेपाल टेलिकमले केवल सञ्चारको काममात्र गरेको छैन ।यसको व्यापक विस्तार र पहुँचले सहरी र ग्रामीण क्षेत्रको सामाजिक–आर्थिक विकासमा समेत टेवापुगेको छ । सञ्चारको माध्यमले ग्रामीण इलाकामा भएका उत्पादित वस्तुहरु शहरतर्फ पुगिरहेका छन् । साथै विभिन्न देशका सामाजिक, आर्थिक अवस्थालाई सहजै ग्रामीण इलाकामा पुगिरहेका छन् ।

यसको पछिल्लो उदाहरण हो, वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका जनताहरु । जसले लामो समयदेखि शहर र विदेशमाभएकाआफन्तसँग राम्रोसँग भलाकुसारी गर्न पाएका थिएनन् । उनीहरु जे जस्तो सेवा सुविधा छ त्यसैमा चित्त बुझाएर बसेका थिए । तर पछिल्लो पटक नेपाल टेलिकमले हुम्लाको अदानचुली र मुगुको सोरु गाउँपालिकामा पु¥याएको चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’ले त्यहाँका वासिन्दाको जीवनस्तरमा नै परिवर्तन ल्याइदिएको छ । अहिले त्यहाँका नागरिकमा खुशी छाएको छ ।

नेपाल टेलिकमले काठमाडौंमा शुरु गरेको फोरजी सेवाकरिब १० वर्षपछि देशकै सबैभन्दा टाढा र विकट मानिने जिल्ला हुम्लामा पुगेको छ । यसले गर्दा अहिले यहाँका बासिन्दाहरु टाढा–टाढा रहेका आफन्तसँग धित मारेर भिडियो कल गरिरहेका छन् । अहिले इन्टरनेटको सुविधा भएपछि देश विदेशका घटनाहरु आफ्नै आँगनमा हेर्न पाएका छन् ।

गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीयतहको दैनिककार्य सम्पादनमा समेत सहज महसुश गरिरहेका छन् । अहिले फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जनतथा सूचना आदान प्रदानको कामसमेत हुने गरेको छ । यो सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

सरकारले भौगोलिक विकट भएका क्षेत्रमा इन्टरनेट सेवालाई निःशुल्क र प्रभावकारी बनाएर त्यहाँका जनताको सामाजिकआर्थिक अवस्थामा परिवर्तन ल्याउन मद्दत गर्नुपर्दछ । एउटा गाउँबाट अर्को गाउँ हिडेर पुग्न घण्टौं लाग्ने नेपालका दूरदराजमा सूचना आदान प्रदान गर्नका लागि एउटा प्रभावकारी माध्यम बन्न सक्छ नेपाल टेलिकम । जसले सेवा प्रदान गरेर सूचनामात्र नभएर शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनका काम समेत हुने देखिन्छ ।

कर्णाली प्रदेश जस्तो भौगोलिक, सामाजिक र आर्थिक अवस्थाकमजोर भएको प्रदेशमा इन्टरनेट सेवाको प्रभावकारिता झनै बढ्ने देखिन्छ । यस तर्फ तीनै तहका सरकारको ध्यानजान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार