दैलेख : दैलेखमा यस वर्ष मात्रै आठ वटा झोलुङ्गे पुलबन्ने भएका छन् । कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) को सहकार्यमा यहाँका सात वटा स्थानीय तहमा आठ वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
प्रदेश सरकारको दुई करोड ३० लाख लागतमा झोलुङ्गे पुलनिर्माण गर्न लागिएको ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) का कार्यक्रम संयोजकनवीनकुमार शर्माले बताए । नागरिकको समस्यालाई मध्यनजर गर्दै यस वर्ष दैलेखमा प्रदेश सरकारको लगानीमा आठ वटा झोलुङ्गे पुलनिर्माण हुने उनको भनाई छ ।
२०८२ असार पन्ध्र गते भित्र पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आठबीस नगरपालिकामा तीन वटा, महाबु गाउँपालिकामा एक वटा, भैरवी गाउँपालिकामा एक, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एउटा झोलुङ्गे पुलबन्ने छ । यस्तै, नारायण नगरपालिकामा एक र डुङ्गेश्वर गाउँपालिकामा एक गरी आठ वटा झोलुङ्गे पुलनिर्माण गरिने भएको हो ।
यसैगरी, झोलुङ्गे पुलनिर्माणका लागिउपभोक्ता समितिलाई नमुनाअभ्यास तालिमप्रदानगरिएको छ । यहीफागुन ४ गतेदेखि ८ गतेसम्म आठ वटै उपभोक्ता समितिका २८ जनालाई पुल निर्माणका लागि प्रयोगात्मक तालिम प्रदान गरिएको हो । तालिममा हरेक उपभोक्ता समितिकादुई–दुई जनालाई सहभागी गराइएको ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक शर्माले बताए ।
दैलेखमा निर्माण हुने आठ वटा झोलुङ्गे पुलका लागि दुई करोड ३० लाख बजेट विनियोजन भएकोमा डिटेल सर्भेपछि थप रकम सुनिश्चितगरिएको र तोकिएको समयमा योजना सम्पन्नहुने पूर्वाधार विकास कार्यालय काकार्यालय प्रमुख पदम प्रसाद देवकोटाले जानकारी दिए ।
झोलुङ्गे पुलका लागि प्रयोग हुने सामग्री, बनाउने विधिबारे अभ्यास तालिमले प्रयोगात्मक ज्ञान दिएको तालिममा सहभागी भकभके झोलुङ्गे पुलनिर्माण उपभोक्ता समितिका कोषाध्यक्ष छिताराम विकले बताए । २०८२ असार पन्ध्र गतेसम्म योजनाहरू सम्पन्नगर्ने लक्ष्य राखेर कार्यलाई तीव्रताका साथ अघि बढाइएको हो ।
२०६२ सालदेखि ग्रामीण विकास सेवा केन्द्रले विभिन्न तहका सरकार र अर्धसरकारी निकायसँगको सहकार्यमा झोलुङ्गे पुलनिर्माणको काम गर्दै आएको छ । पुलनिर्माणका लागि केन्द्रको प्राविधिक र सामाजिक सहयोग रहने गरेको हो । केन्द्रले २०वर्षको अवधिमा कर्णालीका दैलेख, सुर्खेत र जाजरकोटमा दुई सय बढी झोलुङ्गे पुलनिर्माण सम्पन्न गरिसकेको छ ।











