नेपाल विविधतामा एकता भएको देश हो : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको बताएका छन् । सुर्खेतमा नेपाल मगर सङ्घको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपालमा विभिन्न धर्म, भाषा, जात र संस्कृतिभएको देशमा विविधता हुँदा हुँदै पनि एकताको साथ मिलेर बसेको समाज भएकोले यसलाई आगामी दिनमा जोगाई राख्नु आजको आवश्यक भएको बताएका हुन ।

हाम्रो समाजमा रहेका विविधभाषा, धर्म, संस्कृति, संस्कार र संरचनाभएको देश भएता पनि सामाजिक सन्दर्भमा कुनै वैमनश्य नभएको देश नेपाल भएको मुख्यमन्त्री कँडेलको भनाई थियो । अहिलेको अवस्थामा कुनै पनि वाहनमा कुनै पनि ठाँटबाट एकता र मेलमिलापको साटो विभिन्न बहाना बनाई हिंसा फैलिन नदिन हामी सबै सचेत हुनुपर्ने मुख्यमन्त्री कँडेलले जोड दिए ।

सामाजिक एकताको निम्ति सबै प्रकारका स्वार्थबाट माथि उठेर देशलाई उच्च स्थानमा राखेर सबै अघि बड्नु नै अहिलेको आवश्यकता रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो । बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको हाम्रो देश नेपाललाई हामी सबैले समृद्ध तिर लैजाने हामी सबैको कर्तव्य भएको मुख्यमन्त्री कँडेलले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार