सुर्खेत : नेपाली काँग्रेसका नेतातथा सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीब्र रूपमाभइरहेको बताएका छन्। आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधान अनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन्।
सिंहले पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ। अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमाकाम गरेका छन् भन्ने अध्ययन भइरहेको छ।’
उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए। ‘कामचमत्कारिक र द्रुत रूपमा सम्पन्नगर्नुपर्छ भन्ने हाम्रो सोच हो। परिस्थिति हेर्दा सेवा प्रवाह सहजबनाउनअध्यादेश ल्याउनु आवश्यकभएको हो,’ उनले थपे।
सभापतिपदको प्रतिस्पर्धा :सिंहको अडान
पार्टीभित्रको सभापति चयनको दौडलाई लिएर अहिले विभिन्न अड्कल बाजी भइरहेका बेला सिंहले आफू कुनै पनि हालतमा पछाडि नहट्ने संकेत गरेका छन्। ‘जुनपदमा म छु, त्यो भन्दा तलजान म तयार छैन,’उनले दोहो¥याउँदै भने, नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ।
उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीयतहहुँदै पार्टी नेतृत्वमा पुग्दा सम्मका अनुभवले उनलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको दाबी गरे। मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु उनले भने।
महाधिवेशनको प्रतिस्पर्धा तीव्र
नेपाली काँग्रेसको आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ। सभापति पदका लागि विभिन्न नेताहरूले दाबी गरिरहेका छन्। देउवा पक्षबाट निरन्तरता दिने संकेत मिलिरहेका बेला अन्य नेताहरू संस्थागत सुधारको नारा दिएर मैदानमाउत्रने तयारीमा छन्। सिंहले यसै सन्दर्भमाआफू संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताएका छन्।
पार्टी भित्र प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्छ। पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्छ, विवादका रूपमाहोइन,’उनले जोड दिए। सिंहको यस धारणा सँगसँगै नेपाली काँग्रेस भित्र महाधिवेशनको सरगर्मी बढ्दै गएको देखिन्छ। नेतृत्वकालागिविभिन्न नेताहरू आन्तरिक गृहकार्यमाव्यस्त छन् ।जसले महाधिवेशनको प्रतिस्पर्धालाई अझ रोचकबनाउने देखिन्छ।










