अध्यक्षमा अधिकारी चयन

दैलेख : राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दैलेखको अध्यक्षमा गणेशप्रसाद अधिकारी चयन भएका छन् । महासङ्घको तेस्रो जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामापन्ध्र सदस्यीयजिल्ला कमिटी गठन गरिएको हो ।

\
तेस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खत्री र लक्ष्मी न्यौपानेलाई चयन गरेको छ । सचिवमा भरत शाही, उप–सचिवमा जयन्ती कुमारी शाही चयन भएका हुन् । यस्तै, कोषाध्यक्षमा माया सुनारलाई चयन गरिएको जनाइएको छ ।
महासङ्घको सदस्यहरूमा चेतन बस्नेत, बाल कुमारी खडका, मिलन खडका, तिलक अधिकारी, थिरराज रेग्मी, कुबेर खडका, रत्ना बिसी, गीता योगी, दीपिका थापा र सुमन न्यौपाने चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार