मुलुकको समग्र आर्थिक, सामाजिक परिवर्तनको विषय बोकेर लामो समयदेखि आन्दोलनमा होमिएका नेपालका राजनीतिक दलहरुको साझा प्रयासले नेपाल वर्तमान अवस्थामा छ । मुलुकको अवस्था रुपान्तरणका लागि आन्दोलनमा होमिएका दलहरुले ती दलहरुलाई साथ दिने आम नेपालीहरुकै कारण नेपाल वर्तमान अवस्थाको नेपाल बन्न पुगेको छ । राजनीतिक दलहरुको अग्रसरतामै नेपाली जनताको जीवनस्तर सुधार गर्ने अभिप्रायले निरंकुशताको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको सबैलाई थाहै छ ।
जतिवेला प्रेस स्वतन्त्रता पूर्णरूपमा हनन गरिएको थियो । मानव अधिकारको विषय नै थिएन । कुनै पनि नेपाली नागरिकहरुले मानव अधिकारको सहज प्रत्याभूत गर्न पाएको अवस्था थिएन् । विकास भन्ने बिषय त केही भारदारहरुको मुठ्ठी भित्र थियो । बदमासि गरेको हेर्ने निकाय नै थिएन । जनताको खुन पसिनाले जम्मा भएको राजश्व जनताको विकासका लागि थिएन । राजामहाराजाहरुको बिलाशिताका लागि धेरै प्रयोग भएको थियो । विकास मागेर पाईन्छ भन्ने कल्पना पनि गर्न सकिने अवस्था थिएन । मुलुकको गरिबीको मापन गर्ने कुनै संयन्त्र थिएन । विकास, सुशासन र पारदर्शिताको
विषय कसैले पनि उठाउन आँट समेत गर्दैनथ्यो ।
तत्कालिन समयमा राजाले राजगद्दी त्याग गर्दै गर्दापनि राजा नै हुनुपर्छ भन्ने जमात हिजो पनि थियो आजपनि छ । सबैले आफ्नो तर्क राख्न पाउने, खुल्ला बहस र पैरवी गर्दै देश र जनताको पक्षमा काम गर्नका लागि दल खोल्न पाउने, मौलिक हकको व्यवस्था सहित, सबै जाति, धर्म, लिङ्ग, वर्ग र क्षेत्रको समावेशी सिद्धान्त अवलम्बन गर्दै जनताबाट अनुमोदित हुनु्पर्ने लोकतन्त्रको सुन्दर पक्षलाई आत्मसाथ गर्दै देश जनताका लागि काम गर्ने लोकतान्त्रिक व्यवस्थालाई कसैकोलहडमा लागेर सजिलैमास्न सकिन्छ र पुनः राजा फर्काउन सकिन्छ भन्नुअलि धरेैमहत्वाकांक्षी भएकोहोकी ?
यस विषयमा समीक्षा सम्बन्धित निकायले गर्नुपर्ने देखिन्छ ।
अर्कोतिर दलमा आवद्ध भएर देश र जनताको पक्षमा काम गर्छु भनेका र बारम्बार सत्तामा बसेर काम गरिरहेका नेपालका राजनीति दलहरुले पनि अब विकास, सुशासन र समृद्धिको अभियानका लागि प्रणाली परिवर्तन गरेर पारदर्शिता कायम गर्दै कामको रफत् ार बढाउनुपर्ने आवश्यकता देखिएको छ । वर्तमान अवस्थामा चलिरहेको जस्तो प्रणालीले देशको भलो हुँदैन् । नेपालको अहिलेको व्यवस्था ल्याउन लडेका, लामो संघर्ष गरेका राजनीतिक दल र यो व्यवस्था ल्याउनका लागि लडेका नेताहरुलाई असफल हुने कुनै छुट छैन् । त्यसका लागि सम्पूर्ण दलहरु सच्चिनुपर्छ ।
देशको विकास भन्दा पनि हुँदा खाने वर्गको जीवनस्तर सुधारका लागि सरकारको नेतृत्वमा पुगेका दलका नेताहरुले विचार पु¥याउनुपर्छ । यहि अवस्थालाई विश्लेषण गरिरहँदा पछिल्लो राजनीति समिकरण अलि लामै समय अगाडि बढ्नसक्ने आंकलन गरेर पनि सामाजिक सञ्जालमा अनावश्यक विषयहरुको प्रवेश धेरैगराईएकोअवस्था पनि छ । सामाजिक सञ्जालमा धेरैभिउज आएकै भरमा सत्ता नै परिवर्तन गराईदिन्छु भनेर गलत अभिष्ट बोकेकाहरुबाट देश जोगाउने र परिवर्तनलाई अझै संस्थागत बनाउनका लागि प्रणालीमा सुधार गर्नुपर्ने अहिलेको आवश्यकता हो । यसतर्फ दलहरु गम्भीरतापूर्वक लाग्नुपर्ने देखिएको छ ।





