सुर्खेत ः चौकुने गाउँपालिका– ८ का वडाध्यक्ष कमलबहादुर जिसीले तालिममा सिकेका कुरा व्यवहारमा लागू
गर्दै समाजलाई सुधार गर्न लाग्नुपर्ने बताएका छन् ।
अष्ट्रेलियन एड र अष्ट्रेलियन लुथ्रन वल्र्ड सर्भिसको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल र चौकुने गाउँपालिकाको आयोजनामा सञ्चालित मानवअधिकार, स्थानीय संरक्षण र स्थानीय जोखिम विश्लेषण
तथा व्यवस्थापन तालिमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै वडाध्यक्ष जिसीले यस्तो बताएका हुन् ।
वडाध्यक्ष जिसीले व्यवस्था पविर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको गुनासो आइरहेको बताउँदै स्थानीय पालिकामा मानवअधिकार र जो खिम व्यवस्थापनका बारेमा तालिम हनु खुशीको कुरा बताए । तालिमका प्रशिक्षक मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बिसीले समाज परिवर्तनका लागि सबै भन्दा पहिला आफू परिवर्तन हुनुपर्ने र आफू परिवर्तन हुनुका लागि अधिकार र कर्तव्यका बारेमा सचेत हुनुपर्ने बताए । तालिममा चौकुने गाउँपालिकाका वडा नं. ६, ७ र ८ का विभिन्न सामुदायिक संस्थाका २५ जना व्यक्तिहरुको सहभागिता रहेको छ ।










