नेपालमा रोजगारीको अवसर सीमित हुँदै जाँदा लाखौं युवाआफ्नै देशमा काम नपाएर विदेश पलायन हुनु परेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि गएका नेपालीको सङ्ख्या फेरि तीव्र गतिमा बढेको तथ्यांकले देखाएको छ।
चालू आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै पाँच लाख भन्दा बढी नेपाली विदेशिएका छन् । यो तथ्याङ्कले मुलुकको श्रम बजारको वास्तविक स्थिति प्रष्ट पार्छ।
देशभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना कमजोर हुँदा नेपाली युवाहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्। राज्यले आत्मनिर्भर अर्थतन्त्रनिर्माण गर्ने प्रयत्ननगरेसम्म यो क्रम रोकिने सम्भावना कम देखिन्छ। नेपाल सरकारले स्वरोजगार, उद्यमशीलता, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने नीतिहरू अघि सारे पनिती योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा युवाहरू अझै वैदेशिक रोजगारीमा भर पर्न बाध्य छन्।
यदि सरकारले रोजगारीका अवसरहरू सिर्जना गर्ने ठोस योजना ल्याएर कार्यान्वयन गरे मात्र पनि यो समस्या समाधान हुन सक्छ। अन्यथा, नेपाली युवा शक्तिको विदेश पलायन नरोकिएमा देशमा दीर्घकालीन रूपमाश्रम अभावको समस्या झन् गहिरिनेछ।
विशेषगरी, कर्णाली प्रदेशबाट विदेशिने युवाको संख्याउच्च छ। यहाँका गाउँहरू युवाविहीन बन्दै गएका छन्। कृषि, पर्यटन, वनसम्पदा, जलस्रोत जस्ता विभिन्न सम्भावना हुँदाहुँदै पनि रोजगारी सिर्जना गर्न नसक्दा हजारौं युवाले खाडी मुलुक, मलेसिया र कोरिया सम्मको बाटो समातेका छन्।
राज्यले दीर्घकालीन योजनाल्याएर स्थानीय रोजगारी सिर्जना गर्न सकेको छैन, जसका कारण विदेश पलायनतीव्र गतिमा बढिरहेको छ। कर्णालीमाउत्पादनमुखी क्षेत्रमालगानीअभाव छ। कृषि र पशुपालनको सम्भावना प्रशस्त भए पनि आधुनिक प्रविधिको अभाव, बजारको पहुँचनहुँदाकिसानहरू गरिवीको चक्रबाट उम्किन सकेका छैनन्।
उद्योग तथा कलकारखानाको विकास नगर्दा यहाँका युवाले आफ्नो ठाउँमै अवसर पाउने अवस्था छैन। सडक र यातायातको असुविधा, विद्युत् आपूर्तिको अस्थिरता, बैंकिङ सेवा र वित्तीय पहुँचको सीमितता जस्ता कारणले निजी क्षेत्र पनि कर्णालीमा लगानी गर्न हिच्किचाउने अवस्था छ।
रोजगारी सिर्जना गर्ने सरकारी कार्यक्रम प्रभावही नभएका छन्। सरकारले स्वरोजगार, उद्यमशीलता प्रवद्र्धन, कृषि तथा पर्यटनको विकास गर्ने नीतिहरू ल्याए पनि ती योजनाहरू व्यवहारमा प्रभावकारी बन्न सकेका छैनन्। उदाहरणका लागि, सरकारले लाखौं रुपैयाँ खर्चेर कृषि परियोजना ल्याए पनि किसानसम्म त्यो बजेट प्रभावकारी रूपमान पुग्दा योजना अलपत्र परेका छन्।
कर्णालीबाट युवा शक्ति पलायन हुनु दीर्घकालीन रूपमा गम्भीर समस्या बन्न सक्छ। हाल गाउँघरमा वृद्धवृद्धा, बालबालिका र महिलाहरू मात्र रहेका छन्। उत्पादक उमेर समूहका मानिसहरू विदेशिएपछि यहाँको श्रमशक्ति कमजोर बन्दै गएको छ। यदि यही प्रवृत्ति निरन्तर दोहोरि रहने हो भने केही दशकमा कर्णालीका गाउँहरू रित्तिने खतरा छ।
समाधानकालागि राज्यले ठोस नीतिल्याएर रोजगारी सिर्जना गर्नुपर्छ। स्थानीयउत्पादनलाई प्रवद्र्धन गर्दै त्यसको बजारीकरण गर्न आवश्यक छ। कर्णालीका कृषि जन्य उत्पादन, जडीबुटी तथापर्यटन क्षेत्रमा लगानी बढाएर रोजगारीकाअवसर सिर्जना गर्न सकिन्छ। सडक, विद्युत्, बैंकिङ सुविधा जस्ता पूर्वाधारलाई सुदृढ गर्दै निजी क्षेत्रलाई आकर्षित गर्ने नीति ल्याइनुपर्छ।
यदि सरकारले छिटो ठोस पहलनगरेमा, श्रमशक्तिको पलायन रोक्न झन् कठिन हुनेछ। वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नभएपनि स्वदेशमै भरपर्दो रोजगारी सिर्जना गर्ने नीति आवश्यक छ। युवाहरूले विदेश जानुको सट्टा यहीँ अवसर खोज्न सक्ने वातावरण बनाउन सकियो भने मात्रै कर्णालीको भविष्य सुरक्षित हुनेछ।
समग्रमा, वैदेशिक रोजगारीलाई पूर्ण रूपमा निरुत्साहित गर्न सम्भव नभए पनि स्वदेशमै भरपर्दो रोजगारी सिर्जना गर्ने नीति आवश्यक छ। युवाहरूले विदेश जानुको सट्टा यहीँअवसर खोज्न सक्ने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व हो। यदि सरकारले सीघ्र ठोस पहल नगरेमा, श्रमशक्तिको पलायन रोक्न झन् कठिन हुने निश्चित छ।





