पारित भयो प्रदेश प्रहरी ऐन

सुर्खेत: कर्णाली प्रदेश सभाको आजको बैठकले कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित गरेको छ। त्यस अघि विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफदिँदै मुख्यमन्त्री यामलाल कँडेललेसंघीयता कार्यान्वयनको निम्ति सबै कानुन महत्वपूर्ण हुने बताएका थिए । त्यसमा पनि प्रदेश प्रहरी ऐन संघीयताको मुख्य अभिन्न हिस्सा भएको उनले जानकारी दिए ।

उनले भने,‘यो कानुन आफैमा विशिष्टमहत्व राख्ने कानुन हो। जुन कुरा एकल प्रयासबाट सम्भव नभएकै कारणले गर्दा बाहिर यसैलाई आधार बनाएर संघीय सरकारको समयसमयमा नेतृत्वगर्ने सबै राजनीतिकदलहरूलाई टिप्पणी गरिरहेको अवस्था छ।’

विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरु कृष्णबहादुर जिसी, हिक्मत विष्ट, टेकराज पछाई र सन्तोषी शाहीले भाग लिएका थिए। प्रदेशमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धान, रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त मौलिकहक, मानव अधिकारको संरक्षण तथा नागरिक स्वतन्त्रताको रक्षागर्ने उद्देश्यले प्रदेश प्रहरीको गठन, सञ्चालन, सुपरिवेक्षण, समन्वय, व्यवस्थापन र नियमनका लागि यो ऐन ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार