तत्कालीन समय जति बेला सम्पादकीय टेबुलमा सुरक्षाकर्मी बसेर स्वतन्त्रताको मर्ममाथि प्रहार भएको थियो । अहिले त्यही
झल्को देखिन थालेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयभित्र वा राजनीतिक दलहरूको मत मतान्तर भित्र केही कमी कमजोरीहरू भए होलान् । तर, त्यही नाममा अराजक गतिविधि गरेर देशलाई खतराको अवस्थामा पु¥याउने कामको निर्देशन जो जसबाट अघोषित रूपमा भएको छ, त्यो विषय समग्रमा नेपालको प्रगतिको विषय हुन सक्दैन । नेपाल बन्दै गरेका धरेैउदाहरणहरू बाहिर आइरहके ा बेलामा पुनः नेपालमा अस्थिरता निम्त्याउने काम, समग्रतामा नेपाल र नेपालीहरूको भाग्य र भविष्य अझैँ केही वर्ष अन्धकार बनाउने उद्देश्य नै हो भन्नेकुरा बुझ्न अब धरेैकुर्नुपर्ने देखिदँ ैन ।
जनताको आवाज बन्द गरिएका हिजोका शासन व्यवस्थालाई फालेर नेपालका राजनीतिक दलहरूले जसरी प्रभावकारी
रूपमा परिवर्तनको आन्दोलनलाई थामेका थिए सोही अनुसार प्रभावकारी रुपमा कामहरू गर्न नसक्नु वा गरेको कामको पनि प्रचार प्रसार गर्न नसक्नु दुर्भाग्य हो । नेपालमा आज मात्र हैन लामो समयदेखि भू–राजनीतिको प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चलिरहेको छ । यही विषयलाई विभिन्न समयमा उचाल्ने र पछार्ने कामहरू भएका छन् । जुन कामले नेपालमा कुनै पनि सरकार स्थिर हुन सक्दैन, कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन सक्दैन । आन्दोलन हो वा अन्य कुनै बहनामा होस्, नेपालको भू–राजनीतिमा खेल्ने र अराजक गतिविधिहरू गर्ने क्रम बढिरहेको छ ।
आफ्नो स्वतन्त्रताको विषय उठाउँदै गर्दा अरूको स्वतन्त्रताको विषय ख्यालै नगरेर जसरी काठमाडौँका सञ्चार माध्यमका
कार्यालयहरूमा तोडफोड गरिएको छ, सञ्चारकर्मीमाथि नै आक्रमण भएको छ । प्रर्दशनकारीले लगाएको आगोमा परी
एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरामेन सुरेश रजकको ज्यान समेत गएको छ । यो विषय चिन्ताजनक विषय हो ।
हिजोको द्वन्द्वका बेला होस् वा आजको अर्को विषय प्रवेश गर्ने बहनामा नै किन नहोस् जहिले पनि पत्रकारहरू र सञ्चार
माध्यमहरूमाथि भएका घटनाहरूको घोर निन्दा गर्दै गलत कार्यमा संलग्न जो कोहीलाई कारबाहीको माग गर्दछौँ । सूचना
पाउने र जनतालाई सु–सूचित गर्ने अधिकार सहित पूर्ण रूपमा प्रेस स्वतन्त्रताका लागि सम्बन्धित सबै पक्षसँग माग
गर्दछौँ । जनताको अधिकार रक्षा गर्ने विषयमा निकै लामो संघर्ष गरेर प्राप्त गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई कोही कसैले कुण्ठित गर्ने काम गर्नु भनेको भोलिका दिनमा पनि अराजकता झनै बढेर जाने विषय हो भन्ने हेक्का राख्न आन्दोलनमा होमिएका पक्षलाई आग्रह गर्न चाहन्छौँ । गतिविधिहरू गर्ने विषयमा वा आन्दोलनका बेलामा हुने क्षति वा अन्य घटनाका विषयहरूमा योजनावद्धरुपमा सञ्चार माध्यमहरूमा गरिएको आक्रमणले कसैलाई पनि फाइदा
नपुग्ने भएकाले सबै पक्ष संवेदनशील भएर देश र जनताको पक्षमा निष्पक्ष रूपमा काम गर्न आग्रह गर्दछौँ ।





