दैलेख: जिल्लामा रहेका कला संस्कृतिको उजागरसँगै जगेर्ना गर्ने उद्देश्यले यही चैत २६ गतेदेखि दैलेख महोत्सव सञ्चालन हुने भएको छ । सदरमुकाम नारायण नगरपालिका –६ मा रहेको काँडाचौरमा दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव–
२०८१ सञ्चालन हुने भएको हो ।
रेडियो मातृभूमि एफ.एम. दैलेख र स्वच्छ सहर निर्माण केन्द्र दैलेखको आयोजनामा चैत २६ गतदेखि आगामी वैशाख चार गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । ‘दैलेखको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने उद्देश्यका साथ सदरमुकाम दैलेख बजारमा दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ आयोजना गर्न लागिएको महोत्सव मूल समारोह समितिका संयोजक भूपेन्द्र शाहीले बताए ।
महोत्सवमा तीस हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताउँदै करिब ३० लाख बराबर आर्थिक कारोबार हुने अपेक्षा गरिएको संयोजक शाहीको भनाई छ । जिल्लामा आर्थिक गतिविधि कम भइरहेका बेला बजार चलायमान
बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको स्वच्छ सहर निर्माण केन्द्र दैलेखका अध्यक्ष हरि थापाले बताए ।
नौं दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, लोक कला संस्कृतिको प्रदर्शनी र प्रवद्र्धन
तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहके ो महोत्सवको सहआयोजक रहेको राष्ट्रिय लोक तथा
दोहोरी गीत प्रतिष्ठान दैलेखका अध्यक्ष यामराज विष्टले बताए ।
कृषि तथा घरेलु उत्पादनका लागि सशुल्क स्टलको व्यवस्थापन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई प्रभावकारी बनाउन १८ वटा उपसमिति गठन गरिएको छ । सचिवालय, आर्थिक, सांस्कृतिक, स्टल, घरेलु हस्तकलालगायत कामको
संयोजन उपसमिति मार्फत हुने जनाइएको छ । महोत्सवबाट जिल्लाको पर्यटन प्रवद्र्धन हुनुका साथै आर्थिक गतिविधि चलायमान हुने विश्वास fगरिएको छ ।










