शिक्षक सङ्गठनको अध्यक्षमा थापा

दैलेख : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दैलेखको अध्यक्षमा रुद्रबहादुर थापा चयन भएका छन् । सङ्गठनको १४औँ जिल्ला अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

३२ सदस्यीय कार्यसमिति रहेको सङ्गठनको उपाध्यक्षद्वयमा द्वारिका शर्मा र दुर्गाप्रसाद पोखरेललाई चयन गरिएको छ । यसैगरी सचिवमा प्रेम दाहाल, कोषाध्यक्ष कनक बहादुर शाही, सह–सचिव कृष्णा रेग्मी,सह–कोषाध्यक्ष विमला सिंह चयन भएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्यतथा दैलेख इन्चार्ज लक्ष्मी प्रसाद पोखरेलले शिक्षकहरूको हरेक मुद्दामा पार्टीको साथ सहयोग रहेको बताए । उनले सङ्गठनलाई अझै मजबुत बनाउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेशका उप–सचिव रविन्द्रराज शर्माले चुनौतीलाई समाधान गरेर अगाडि बढ्नुपर्ने बताए । उनले शैक्षिक सुधारको लागि शिक्षकहरूको महत्वपूर्ण भूमिका रहने धारणा राख्दै पार्टीको मूलनीतिलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार