नेपालको राजनीतिमा बेला बेलामाहुने उथलपुथलहरूलाई सामान्यतरिकाले हेर्ने वा विशिष्ट हिसाबले अध्ययन गरेर आगामीयात्रा तय गर्ने अहिलेको राजनीतिकअवस्थापुनःत्यस्तै अवस्थामा छ । जहानियाँतन्त्र, शाहीतन्त्र र निरङ्कुश राजतन्त्रजुन परिवेश र अवस्थामाफालियो त्यसपछि प्राप्तभएको अधिकार रक्षा र संरक्षण प्रभावकारी हुन सक्यो वा सकेन । प्रजातन्त्र, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयतायी परिवर्तनहरूका बेलामानिर्माण भएकाकानुनहरू, संविधानहरू राजतन्त्रका बेलामाभन्दा धेरै भिन्नथिए, जनताको मौलिकहक संरक्षणका लागिनिकै खुल्लाथिए, प्रेस स्वतन्त्रताकालागिनिकै प्रभावकारी थिए, विकासको मूल फुटाउनका लागि वडा देखि केन्द्र तहसम्मको सरकारको पद्धति निकै राम्रो र प्रभावकारी थियो । किन यस्तो उत्कृष्ट व्यवस्थामा असन्तुष्टि छायो त ? यो विषयको अध्ययनअवलोकन नेपालका राजनीतिकदलहरूले गर्न सकेनन् ।
अघिल्ला धेरै खाले परिवर्तनका कुराहरूको विषयभन्दा २०६२। ०६३ को जनआन्दोलन पछिको प्राप्तिको मात्रविषयलाई अध्ययन र अनुसन्धानगर्ने हो भने पनि नेपालका राजनीतिकदलहरूले विकासमागर्नुपर्ने कामहरूको सुरुवात गरेकै देखिन्छ तर विगत १६ वर्षसम्म बेला बेलामा सत्तामा बसेका नेपालका राजनीतिकदलहरूले निकै ठुलो गल्ती के गरे भने यो देशको समग्र विकासकामोडलहरू निर्माण गर्न सकेनन् यस्ता मोडलहरू निर्माण गर्नुपथ्र्यो किजुन राजनीतिकदल सत्तामापुगे पनि केहीमहत्त्वपूर्ण विषयहरूमा उठान भएकाकामहरू अनिवार्य रूपमा सम्पन्नगर्नुपर्ने साझा रणनीति निर्माण गर्न सकेनन्, नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र आमनागरिकहरूको हितमाकामगर्ने साझा प्रतिबद्धता गर्न सकेनन् यो मुख्यकमजोरी भयो ।
अर्को विषय हेर्ने हो भने राजावा राजाका समर्थकहरू अवकहिल्यै पनिशिर उठाउन सक्दैनन् हामी नै सबै हौँ भन्ने भ्रम नेपालकादलहरूमा पर्र्यो देश र जनताकालागिभन्दाआफ्नो पार्टी र आफ्ना मान्छे कसरी भर्ती गर्ने, सत्तामा कसरी जाने, यसकालागि एउटा दलले अर्को दललाई हुनसक्कगालीगर्ने, नभएकाकमजोरीहरू पनि संसद्मै अनावश्यक उठाएर भ्रम पैदा गर्ने काम नेपालका राजनीतिकदलहरूले गरेकाकारण जनतामायती धेरै निराशा बढ्दै गएको हो । अर्को कारण एक दलले अर्को दललाई पेलेर भित्तामा पुराउनकालागिअप्राकृतिक गठबन्धन गर्न समेत नेपालकादलहरूले भ्याएपछि नजतायती धेरै आजितभएकीयी दलहरूबाट धेरै आशागर्न सकिँदैन भनेर भ्रमउत्पन्नभयो अहिले त्यसैको सिकार नेपालका राजनीतिकदलहरू परेका छन् ।
अवपनि गणतन्त्रको विकल्पनिरङ्कुशतन्त्रहुँदैन त्यसैले नेपालका राजनीतिकदलहरू एकै ठाउँमा बस्ने जनतासँगमाफीमाग्ने संरचना सुधार गर्ने, कार्यकारी प्रर्णालीमार्फत हुने हो कि के गर्दा जनताको पक्षमाकाम हुन्छ त्यहीअनुसार अगाडी बढ्नु नै अहिलेको उत्तमविकल्पहो ।





