काठमाडौँ : नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौँमा प्रदर्शन ¥यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरिएको हो । शिक्षकहरूले आफ्नो माग पुरा गर्न सरकारले ढिलाइ गरेको भन्दै नाराबाजी गरेका हुन् ।
वार्षिक परीक्षा सकाएर विगतमा भएका सम्झौता पालना गराउन माग गर्दै देशभरका शिक्षकहरूले अर्को चरणको आन्दोलन अन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए ।
अब हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए ।
आन्दोलन गर्नुपर्ने कारण छैन
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षकले मागेको भन्दा बढी माग पूरा गर्ने बताउँदाबताउँदै शिक्षकहरू आन्दोलनमा आएको बताएका छन् । रातारातविधेयकपास हुन नसक्ने बताउँदै सभापति थापाले भने, ‘यो आर्थिक वर्षमा पेस गर्छु भनेकै छ । आन्दोलन गर्नुपर्ने कारण छैन । मागेको भन्दा बढी दिने भनेकै छ । आन्दोलन गर्नु भनेको शिक्षा बिगार्नु हो ।’
हिउँदे अधिवेशनअन्त्यभएकाले शिक्षकहरूले अध्यादेश ल्याउन सकिने बताइरहेका छन् । तर सभापति थापा अध्यादेशको पक्षमा छैनन् । ‘अध्यादेशबाट कानुन बनाउने ? शिक्षा बिगार्ने ? अध्यादेशबाट आयो भने विधेयकको के अर्थ ? डेढ वर्षको मिहिनेत खेर जान्छ,’ सभापति थापाले भने ।
शिक्षामा दलीयकरण नहुने गरी आगामी अधिवेशनमा विधेयक पास हुने उनले बताए । ‘विद्यार्थीको विषययमा देशको विषयमा सोच्ने छैन ।आफ्नो विषयमा मात्र सोच्ने भयो,’ उनले भने, ‘आगामी अधिवेशनमा पेस हुन्छ ।’शिक्षा समितिले उपसमितिबनाएर काम गरिरहेको सभापति थापाले बताए । विधेयक पास गर्न माग गर्दै आजदेखि देशभरबाट शिक्षकहरू काठमाडौं आइपुगेका छन् । विधेयक पास नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी शिक्षकहरूले दिएका छन् ।









