८२ हजार हेक्टरमा खेती, दुई लाख मेट्रिकटन उत्पादन

सुर्खेत : कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न मध्ये सबै भन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार आठ सय७६ मेट्रिक टन मकै उत्पादन भएको हो ।

कर्णालीमा ८२ हजार आठ ८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालय अन्तर्गत कृषि निर्देशनालयले जनाएको    छ । कर्णालीमा मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो । प्रदेशका दशवटै जिल्लाको तथ्याङ्क अनुसार ७१ हजार सात ६९ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिदैँ आइएको छ । गत वर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार नौं सय ९० मेट्रिक टन गहुँ उत्पादन भएको हो ।

निर्देशनालयका निर्देशक तिलक पाण्डेका अनुसार धान उत्पादन तेस्रो स्थानमा पर्दछ । गत वर्ष एक लाख ४६ हजार छ सय ७९ मेट्रिक टन धान उत्पादन भएको जनाउँदै उनले कर्णालीमा ४१ हजार तीन सय ४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको उल्लेख गरे ।


कोदो १८ हजार आठ सय २६ मेट्रिक टन, जौ नौं हजार सात सय९ मेट्रिक टन र फापर दुई हजार छ सय ३३ मेट्रिक टन उत्पादन भएको पाण्डेले जानकारी दिए । कोदो र फापर विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने गरेको छ । जसअन्तर्गत १३ हजार सात सय ४ हेक्टर क्षेत्रफलमा कोदो र दुई हजार तीन सय ७७ हेक्टर क्षेत्रफलमा फापर खेतीहुँदै आएको निर्देशनालयले जनाएको छ ।

सल्यानमा बढी उत्पादन
निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला सल्यान हो । सल्यानमा सय वर्ष यता ७४ हजार सात सय मेट्रिक टन मकै उत्पादन भएको छ । सुर्खेतमा ४५ हजार चार सय ७५ मेट्रिक टन मकै उत्पादन हुँदा दैलेखमा ४५ हजार तीन सय १०मेट्रिक टन, जाजरकोटमा ३३ हजार तीन सय १३ मेट्रिक टन, रुकुम पश्चिमा ३५ हजार तीन सय ४० मेट्रिक टन मकै उत्पादन भएको निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए ।

उनका अनुसार कालीकोटमा आठ हजार ६० मेट्रिक टन, जुम्लामा १० हजार पाँच सय मेट्रिक टन, मुगुमा दुई हजार एक सय ३८ मेट्रिक टन, डोल्पामा तीन हजार सात सय ५० मेट्रिक टन र हुम्लामा दुई सय ९० मेट्रिक टन मकै उत्पादन भएको छ । यस्तै, गहुँ उत्पादनमा सुर्खेत अगाडि देखिएको छ । सुर्खेतमा सय वर्ष यता ३४ हजार एक सय २ मेट्रिक टन उत्पादन भएको छभने सल्यानमा २८ हजार पाँच सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

जाजरकोटमा २५ हजार एक सय मेट्रिक टन, रुकुम पश्चिममा २१ हजार सात सय १३ मेट्रिक टन, दैलेखमा १७ हजार दुई सय ७४ मेट्रिक टन, कालीकोटमा ११ हजार तीन सय १३ मेट्रिक टन, जुम्लामा पाँच हजार चार सय ८ मेट्रिक टन, डोल्पामा चार हजार एक सय ६५ मेट्रिक टन, मुगुमा तीन हजार द्ुई सय ७२ मेट्रिक टन र हुम्लामा एक हजार एक सय १५ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

धान उत्पादनमा पनि सुर्खेत पहिलो देखिएको निर्देशनालयका निर्देशक पाण्डेले बताए । यस वर्ष उत्पादन भएको धानको तथ्याङ्कलाई हेर्दा सुर्खेतमा ६३ हजार ८० मेट्रिक टन उत्पादन भएको छ । उनका अनुसार दैलेखमा २७ हजार एक सय ५२ मेट्रिक टन, सल्यानमा २३ हजार सात सय १० मेट्रिक टन, रुकुम पश्चिममा नौं हजार चार सय ५५ मेट्रिक टन, जाजरकोटमा नौं हजार तीन सय ७, जुम्लामा पाँचहजार नौं सय ८७, कालीकोटमा पाँच हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै, हुम्लामा एक हजार एक सय २० मेट्रिक टन धान उत्पादन हुँदा मुगुमा एक हजार २३ मेट्रिक टन र डोल्पामा तीन सय ४५ मेट्रिक टन धान उत्पादन भएको छ । कर्णालीका सात जिल्ला खाद्यान्नमा आत्म निर्भर छन् भने अन्य तीन जिल्ला खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।

कर्णालीमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको प्रदेश सरकारले जनाएको छ । सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउनेदेखि उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने लगायत कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार