निधारमा लगाउने कालो तिलक समृद्धिको देउता, जलजलेमा भेटिएको मिथेन ग्याँसको ३० प्रतिशत मात्र सदुपयोग भए ५० वर्ष पुग्छ


विष्णु शर्मा
सयौँ वर्षदेखि पिता पुर्खाले देउता मान्दै आएको पञ्चकोशी क्षेत्रका सबै स्थानहरूमा छुट्टाछुट्टै चार वटा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको छ । धार्मिक मान्यता अनुसार पञ्चकोशी क्षेत्रमा सतीदेवीको शिर, पाऊ, नाभि, कोख र धुलो मुलो पतन भएका क्षेत्रका रूपमा शिरस्थान, पादुका, नाभिस्थान, कोटिला र धुलेश्वरलाई लिइन्थ्यो सबै क्षेत्रमा बलेका ज्वालाको कालो टिका – तिलक) निधारमा लगाएर आर्सीवाद माग्ने गरिन्थ्यो तर वैज्ञानिक रूपमा यसको खोज अध्ययन र अनुसन्धानले दैलेखका जनताहरू यसलाई समृद्धिको देउता भन्न थालेका छन् । पादुकाका धनवीर योगीले भने “ उति वेला निधारमा कालो तिलक लगाएर आर्सीवाद माग्थ्यौँ तर अहिले दैलेख मात्र नभई नेपाल समृद्धि हुने देउता पो रहेछन्, निकै खुसी लागेको छ । सरकारले छिटो भन्दा छिटो यसको व्यावसायिक उत्पादन सुरु गर्नुपर्दछ ।
नेपालले नाकाबन्दीको समस्या भोगिरहेका बेलामा तत्कालीन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग दैलेखकै भू भागमा अध्ययन र अन्वेषण गरिदिन जीटूजी सम्झौता गरे लगत्तै चीनको जिओलोजिकल सर्वे कम्पनीले काम सुरु गरेको थियो । सेस्मिक, जिओलोजिकल, जिओ केमिकल, लगायतका विभिन्न सर्वेहरू गरेसँगै अन्तिम सर्वेका रूपमा दैलेखको जलजलेमा २०८१ वैशाख २८ गतेदेखि ड्रिलिङको काम सुरु भयो । ४ हजार १३ मिटर गहिराइमा पुगेको उक्त सर्वैको प्रारम्भिक प्रतिवेदन अनुसार एउटा भण्डारमा १ सय १२ अर्ब घन मिटर मिथेन ग्याँस भएको पुष्टि भएको खानी तथा भू गर्भ विभागका पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना प्रमुख दिनेश कुमार नापितले बताएका छन् ।

अब के हुन्छ ?

नेपाल सरकारले दैलेखको जलजलेमा ४५ रोपनी जग्गा अतिक्रमण गरेर काम सुरु गरिरहेकै स्थान वरपर अर्को एउटा विस्तृत अध्ययन सुरुवात हुन्छ । जुन कच्चा पदार्थ भेटिएको छ त्यसबाट कुन कुन ग्याँस, पेट्रोल, वा अन्य केमिकलहरू निर्माण हुन सक्छन् त्यसको अध्ययन गरिन्छ । मिथेन ग्याँस सँग भएका अन्य केमिकलहरू छुट्टाउने काम अत्याधुनिक मेसिन मार्फत गरिन्छ । एउटा ठुलो भण्डारणबाट पाइमलाइन मार्फत वा ठुला सवारी साधनमा ग्याँस भरेर अन्यत्र जिल्ला लिन सकिन्छ । परियोजना प्रमुख नापितले भने “यस्तो कार्य दैलेखमै गर्न सकिने सहज कार्य हो, अत्याधुनिक मेसिन ल्याएर धमाधम काम सुरु गर्न सकिने अवस्था हुनसक्छ । सबैभन्दा पहिले अव जलजलेमै पुन ः वेल टेस्ट गरिन्छ, व्यावसायिक उत्पादनको हिसाब निकालिन्छ र काम सुरु हुन्छ ।”
यो कामका लागि चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी सँगसँगै गर्ने गरी नेपाल सरकार उद्योग मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरेर पत्राचार गरिसकेको उद्योग मन्त्री दामोदर भण्डारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको ब्रिफिङले पलाएको आशा ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँस र धौवादी फलाम खानीको कसरी व्यावसायिक उत्पादन सुरु हुनसक्छ भनेर विभिन्न विज्ञहरूसँग बालुवाटारमा गरिएको छलफलले निकै आशा पलाएको छ । यी दुवै काम अव एक वर्षमा सक्नेगरि गर्नुपर्दछ, त्यसका लागि आवश्यक पर्ने बजेट र नीतिमा के के संशोधन गर्नुपर्ने हो विवरण सहित म कहाँ ल्याएर आउनुहोला, खरिद ऐनका कुन कुन बुँदा संशोधन गर्नुपर्ने हो बुँदासहित टिपोट गरेर ल्याउनुहोला जनशक्ति कति चाहिने हो ? कसरी काम गर्ने हो धमाधम काम सुरु गर्नुहोस् रकमको कुनै अभाव छैन ।
ओलीले भने, “४ वटा कुवामा करिब ४ सय ३० अर्ब घन मिनट मथिने ग्याँस हुनसक्ने भनिएको छ अहिले अन्य भण्डारण क्षेत्र खोज्न थाल्ने हो भने, पहिला देखिएको ठाउँमा उत्पादन सुरु नगरेर किन खोज्नुपरेको होला भन्नेहरू पनि भेटिन्छन्, अहिले भेटिएको भण्डारणको सुरुवात गर्ने तयारी तीव्र पार्दै अन्य भण्डारणको अध्ययन अनुसन्धानका प्रक्रियाहरू सँगसँगै लिनेगरि काम गर्नुहोस् । अर्थ मन्त्रालय, उद्योग मन्त्रालय लगायतका अन्य रकम थुप्रो लागेका ठाउँहरू पनि छन् हामी ती स्थानबाट रकम विनियोजन गरेर नेपालको समृद्धिको ढोका दैलेखबाटै खोल्छौँ । त्यसपछि सँगसँगै धौवादीले पनि नेपालको स्टिलको क्षेत्रमा निकै ठुलो फड्को मार्नेछ । ”

भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाही

यो भैरवी गाउँपालिकाको लागि निकै ठुलो खुसीको विषय हो । हामीले पनि जग्गा प्राप्तिका बेलादेखि आम नागरिकहरूसँग छलफल बहस गरेर जग्गाको विषय टुङ्गोमा पुराएका थियौँ, अहिले दैलेख जिल्लाको भैरवी गाउँपालिकामा उत्पादन हुने मिथेन ग्याँसले नेपालको समृद्धिको रेखा कोर्ने तयारी गरेको खबर सुन्दा निकै खुसी लागेको छ । सरकारले प्रशोधनको काम पनि दैलेखमै गरेर यहाँका सयौँ युवाहरूलाई गाउँमै रोजगारी दिनुपर्दछ र छिटो भन्दा छिटो प्रशोधन र उत्पादनको कामलाई अगाडी बढाउनुपर्दछ ।

नारायण नगरपालिका प्रमुख लोमन शर्मा ।

दैलेखमा हाम्रा पुर्खाले जतन गरेर राखिएको सम्पदा अहिले वैज्ञानिक दृष्टिकोणले नेपाल समृद्ध बन्ने गरी ग्याँस भण्डारण भएको देखियो । नेपाल सरकारले जसरी हिजोका दिनदेखि यसको पहल सुरु गर्दै आज निष्कर्षमा ल्याउने अभियान थालेको छ । आम दैलेखी नागरिकहरू खुसी छन् । हाम्रो जिल्लामा १८ वर्षदेखि निर्माण हुन नसकेको माथिल्लो कर्णाली आयोजना जस्तो नहोस्, वर्तमान सरकारले पुनः जिटूजी गरेर यसको प्रशोधन र अन्य प्रक्रियाका कामहरू तत्कालै थालनी गरोस् भन्नेमा हामी आशा बादी छौँ । प्रधानमन्त्रीले ल्याएको सुखी नेपाली र समृद्ध नेपालको अभियानको सुरुवात दैलेखबाट हुन पाएकोमा हामी निकै खुसी बनेका छौँ ।

२०७२ अघि ७२ लाख अमेरिकी डलर खर्च तर दैलेखमा किन खोजिएन ?

२०७२ साल भन्दा अघि पनि नेपालमा पेट्रोलियम पदार्थ छ भनेर नेपालको तराईका विभिन्न जिल्लाहरूमा खोजी गरियो, ७२ लाख अमेरिकी डलर डेक्सना लगायतका कम्पनीहरूले खर्च गरे, उत्साह नदेखिएको भन्दै प्रतिवेदन डम्पिङ भो । विभिन्न षडयन्त्रहरू भएकै कारण दैलेखमा खोजी नगरिएको आम नागरिकहरूले स्पष्ट रूपमा बुझेका छन् ।
तराईका जिल्लाहरूमा ड्रिलिङ पनि भयो, जिम्मा लिएका कम्पनीहरूले विभिन्न समस्याहरू देखाउँदै काम अपुरै छोडे, नेपालमा सम्भावना छैन भन्ने भाष्य खडा गरेर कम्पनीहरूले काम होल्ड गरिरहेका बेलामा नेपालमा संविधान जारी भएसँगै भारतले अघोषित नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री के.पी.शर्मा ओलीले चीन सरकारसँग दैलेखमा सयौँ वर्षदेखि ज्वाला बलेको छ सोही भू भागमा खोजी गरिदिन भन्दै चीन सरकारसँग जिटूजी सम्झौता गरेपछि आज विश्व मानचित्रमा नेपाल खानी नै खानी भएको देशको रूपमा परिचित हुने अवसर मिलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार