
दैलेख ः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार दैलेखका २२ प्रतिशत विद्यार्थीमात्रै उर्तिण (ग्रेडेड) भएका छन् । परिक्षामा साधारण धारतर्फ ४५७९ र प्राविधिक धारतर्फ १९६ जना गरि कुल ४७७५ जना सहभागि थिए । ती मध्ये २२.८९ प्रतिशत अर्थात साधारण धारतर्फ १०२६ र प्राविधिक धारतर्फ ६८ जना गरि १०९३ जनामात्रै उर्तिण (ग्रेडेड) भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका अनुसार ४ जीपिए ल्याउने विद्यार्थीको संख्या एक जना रहेको छ । ३.६ देखि ४ जीपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या १९ जना छन् । जुन साधारण धारतर्फका मात्रै हुन् ।
यस्तै ३.२ देखि ३.६ जीपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या साधारणतर्फ १२२ र प्राविधिकधारतर्फका ७ जना गरि १२९ जना छन् । २.८ देखि ३.२ जीपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या साधारणधारतर्फ ३६३ र प्राविधिक धारतर्फ ४० जना गरि ४०३ छ । त्यसैगरि २.४ देखि २.८ जीपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या ४७२ जना छ । जसअन्र्तगत साधारणतर्फ ४५१ र प्राविधिक धारतर्फ २१ जना छन् ।
यसैगरि २.० देखि २.४ जीपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या ६९ जना छन् । परिक्षामा सहभागिमध्ये साधारणतर्फ ३५५४ र प्राविधिकधारतर्फका १२८गरि कुल ३६८२ जना विद्यार्थी नन्ग्रेडेड भएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखले जनाएको छ ।
डुङ्गेश्वरमा ४० प्रतिशत विद्यार्थी उर्तिण
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार डुङ्गेश्वर गाउँपालिकाका नियमिततर्फ ४०.३२ प्रतिशत विद्यार्थी उर्तिण (ग्रेडेड) भएका छन् । गाउँपालिकाका ६ वछा विद्यालयबाट कुल २५३ जना विद्यार्थी सहभागि थिए । ती मध्ये १०२ अर्थात ४०. ३२ प्रतिशत विद्यार्थीमात्रै उर्तिण भएका हुन् ।
सार्वजनिक नजिता अनुसार डुङ्गेश्वर गाउँपालिका–१ चुप्रास्थित त्रिवेणी संगम मावीका ४९ जना विद्यार्थी सहभागि हुँदा १२ जनामात्रै उर्तिण उर्तिण (ग्रेडेड) भएका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका–२ स्थित जनकल्याण मावी सेर्माकोटका ६४ जना विद्यार्थीमध्ये ४५ जना विद्यार्थी उर्तिण भएका छन् ।
डुङ्गेश्वर गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय मावी हनेटाबाट परिक्षामा सम्मिलित कुनै पनि विद्यार्थी उर्तिण हुन सकेनन् । जहाँबाट २८ जना विद्यार्थी परिक्षामा सहभागि थिए । यस्तै डुङ्गेश्वर गाउँपालिका–४ स्थित सिता जनसहयोग मावी अवलपराजुलका २६ जनामध्ये ४ जनामात्रै उर्तिण भएका छन् । यसैगरि डुङ्गेश्वर गाउँपालिका–६ वइरीका २२ जना विद्यार्थी परिक्षामा सहभागि भएकोमा ११ जनामात्रै उर्तिण भएका छन् ।









