उत्तेजनामा मेरो सदस्यता खारेज हुँदैनः भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको दोहोर्याएकी छन् । आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन् ।

उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’ भण्डारीले आफू अझै पनि आफू नेकपा एमालेको परिवारमा कायम रहेको बताइन् ।

‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्छ भन्ने मलाई लाग्दैन,’ भण्डारीले भनिन् । पत्रकारले भण्डारीलाई उनको भावि रणनीतिबारे धेरै प्रश्न राखेका थिए । सबैलाई छोटकरीमा सम्वोधन गर्दै उनले आफू एमालेमै रहेको र सदस्यता यथावत रहेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार